थपिए कोरोनाका ३ सय ८१ संक्रमित, थप २ जनाको मृत्यु

नेपालमा कोरोनाभाइरस (कोभिड- १९) संक्रमितको संख्या २१ हजार ३९० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा सोमवार आयोजित नियमित पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा थप ३ सय ८१ जनामा संक्रमण पुष्टि भएको जानकारी दिइएको हो ।


Advertisement

सबैभन्दा बढी पर्सामा १ सय ५१ जना संक्रमित थपिएका छन् । त्यसपछि काठमाडौंमा ५७ जनामा संक्रमण पुष्टि भएको छ ।

ललितपुरमा ५ थप सहित गरी काठमाडौं उपत्यकामा ६२ जनामा नयाँ संक्रमण पुष्टि भएको छ ।


Advertisement

कहाँ कति थपिए ?

पर्सा    १५१
काठमाडौं    ५७
बारा    २८
महोत्तरी    १७
स्याङ्जा    १७
मोरङ    १४
बाँके    १३
धनुषा    १२
बझाङ    ११
सुर्खेत    १०
कपिलवस्तु    ९
सप्तरी     ८
ललितपुर    ५
सर्लाही    ५
मकवानपुर    ४
गोरखा    ३
बाग्लुङ    २
सुनसरी    २    
इलाम    २    
सिरहा    २
रौतहट    २    
धादिङ    २    
सिन्धुपाल्चोक    १    
उदयपुर    १    
कास्की    १    
दाङ    १    
कालीकोट    १

संक्रमितमध्ये १५ हजार १ सय ५६ जना निको भएर घर फर्किएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा १ सय ३० जना डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए ।

मृतकको संख्या भने ६० पुगेको छ । पछिल्लोपटक २ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्