ओली-प्रचण्डबीचको भेटवार्ता स्थगित

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'बीच बुधवार हुने भनिएको भेटवार्ता स्थगित भएको छ ।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीका प्रेस सल्लाहकार सूर्य थापाले फेसबूकमार्फत भेटवार्ता स्थगित भएको जानकारी दिएका छन् ।


Advertisement

थापाले दुई अध्यक्षबीचको भेटवार्ता बिहीवार बिहानका लागि तय भएको जानकारी दिए ।

अध्यक्षद्वयबीच यसअघि मंगलवार साँझ ५ बजे भेटवार्ता भएको थियो । पार्टीभित्र देखिएको विवाद हल गर्न भन्दै लगातार छलफलमा जुटेका अध्यक्षद्वयबीच हालसम्म कुनै सहमति हुन सकेको छैन ।


Advertisement

गत आइतवारदेखि वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलाई साक्षी राखेर ३ दिन लगातार दुवै अध्यक्षले भेटवार्ता गरेका थिए ।

पछिल्ला भेटवार्ताहरू सहमति गर्ने सहमतिका साथ टुंगिने गरेका छन् ।

 

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्