ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

ट्रकको ठक्करबाट पश्चिम चितवनमा बुधबार  साँझ एक पैदल यात्रीको मृत्यु भएको छ।

मृत्यु हुनेमा भरतपुर महानगरपालिका– २५ अमृत चोकका ६० वर्षीय लक्ष्मण महतो रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। 


Advertisement

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाका अनुसार जप्काबाट ज्योतिनगरतर्फ जाँदै गरेको ना ४ ख ७३६७ नम्बरको ट्रकले पैदलयात्री महतोलाई साँझ ५ः३० बजे ठक्कर दिएको थियो।

ट्रकको ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको हो । उनलाई ठक्कर दिने ट्रक र चालक जिल्ला प्रहरी कार्यालय चितवनको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ। 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्