राति हिँडडुलमा पनि रोक

कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि भोलि बिहीबारदेखि लागू हुने गरी सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गरेको सरकारले राति हिँडडुलमा पनि रोक लगाएको छ।

गृहमन्त्रालयद्वारा सूचनामा उल्लेख भए अनुसार राति ९ बजेदेखि बिहान ५ बनेसम्म हिँडडुल पनि गर्न पाइने छैन। 


Advertisement

यो नियम जोरबिजोर प्रणाली लागू भएको ठाउँका लागि हो। सरकारले काठमाडौं उपत्यका र सक्रिय संक्रमितको संख्या २ सय नाघेका जिल्लामा जोरबिजोर लागू गरेको हो।

अत्यावश्यक सेवामा भने यो निर्णय लागू हुने छैन।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्