आजदेखि सवारीसाधनमा जाेर-बिजाेर लागू

आजदेखि सवारीसाधनमा जाेर-बिजाेर लागू गर्ने सरकारकाे निर्णय

सरकारले आज (बिहीवार)देखि लागू हुने गरी निजी र सार्वजनिक सवारीसाधन जाेबिजाेर प्रणालीमा चलाउने निर्णय गरेकाे छ।


Advertisement

सरकारले लकडाउन अन्त्य गरेपनि काेराेना भाइरसका संक्रमितकाे संख्या बढ्न थालेपछि गृह मन्त्रालयले यो कदम चालेको हो। यससँगै अब जोर गतेका दिन जोर र बिजोर गतेका दिन बिजोर नम्बरका गाडी चल्नेछन्।

यो निर्णय काठमाडौं उपत्यका र कोरोना संक्रमितको संख्या २ सय पुगेका जिल्लामा लागू हुनेछ। 


Advertisement

गृह मन्त्रालयका अनुसार अत्यावश्यक सेवाका सवारीसाधनमा भने जोर-बिजोर लागू हुने छैन।

जोर-बिजोर लागू हुनेमध्ये सहरी क्षेत्रमा राति ९ बजेदेखि बिहान ५  बजेसम्म आवागमन समेत बन्द रहने सूचनामा उल्लेख छ।

सरकारले काठमाडौं प्रवेश नाकामा यसअघि नै कडाइ गरिसकेको छ। साँझ ७ देखि बिहान ७ बजेसम्म यात्रुलाई समेत काठमाडौं प्रवेश निषेध गरिएकोमा यो निर्णय कडाइका साथ लागू गर्न जिल्ला प्रशासन कार्यालयसँगै सम्बन्धित निकायलाई निर्देशन दिइएको छ।

त्यसैगरी, अन्तर्राष्ट्रिय सीमा नाकामा थप कडाइ गर्न भनिएको छ, भने होटल, रेष्टुराँमा भोज, पार्टी, सेमिनार नगर्न निर्देशन दिइएको छ।

मास्क नलगाइ बाहिर ननिस्कन आग्रह गरेको गृहले अटेरी गरे दण्ड जरिवाना गर्न निर्देशन दिएको छ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्