मंसिर ४, २०८०
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग एकता गर्न नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...
कोरोना भाइरस सङ्क्रमणका कारण भएको बन्दाबन्दीमा उद्योग व्यवसाय सामान्य अवस्थामा फर्कन नौ महिना लाग्ने भएको छ ।
नेपाल राष्ट्र बैङ्कले कोरोनाबाट भएको प्रभावको मूल्याङ्कन नतिजाले यस्तो निष्कर्ष निकालेको हो ।
सर्वेक्षणका सहभागी उद्योग÷व्यवसायीले सामान्य अवस्थामा फर्कन औसतमा करिब नौ महिना लाग्ने बताएका छन् । होटल तथा रेस्टुरेन्ट क्षेत्रलाई सामान्य अवस्थामा फर्कन १३ महिना लाग्ने देखिएको छ । त्यसैगरी ८२.३ प्रतिशत उद्योग÷व्यवसायीले बन्दाबन्दीपछि अहिलेकै व्यवसायलाई निरन्तरता दिने देखिएको भए पनि केहीले व्यवसाय बिक्री वा बन्द गर्न चाहेकोसमेत देखिएको छ । बन्दाबन्दी अवधिमा उद्योग÷व्यवसायको उत्पादन ठप्प हुँदा परेको असर कर्मचारी कटौतीसम्म पुगेको केन्द्रीय बैङ्कले स्पष्ट पारेको छ ।
केन्द्रीय बैङ्कले बुधबार सार्वजनिक गरेको ‘कोभिड–१९ ले अर्थतन्त्रमा पारेको प्रभावसम्बन्धी सर्वेक्षण प्रतिवेदन’ अनुसार २२.५ प्रतिशत कर्मचारी÷कामदार कटौती गरेको पाइएको छ । कटौती भएकामध्ये अस्थायी÷करारका कामदार दुई तिहाइभन्दा धेरै छन् । होटल तथा रेस्टुरेन्ट क्षेत्रले सबैभन्दा धेरै कर्मचारी÷कामदार कटौती गरेको देखिएको छ ।
ठूलाकै बढी तलब कटौती
बन्दाबन्दीको अवधिमा घरेलु उद्योग र लघु उद्यम÷साना खुद्रा व्यापारले अन्यको तुलनामा धेरै कर्मचारी÷कामदार कटौती गरेको पाइएको छ । बन्दाबन्दी अवधिमा सर्वेक्षणमा सहभागी उद्योग÷व्यवसायीले औसतमा १८.२ प्रतिशत तलब कटौती गरेका छन् भने तलब कटौती गर्नेमा होटल तथा रेस्टुरेन्ट, यातायात तथा भण्डारण र शिक्षा क्षेत्र अगाडि छन् । यस्तै ठूला उद्योग÷व्यवसायीले अन्यको तुलनामा धेरै तलब कटौती गरेको देखिएको छ ।
अध्ययनले बन्दाबन्दीबाट अर्थतन्त्रका विभिन्न क्षेत्रमा परेको प्रभाव आकलन गर्ने, उद्योग÷व्यवसायीको पुँजी संरचना पहिचान गर्ने र बन्दाबन्दीपछि उद्योग÷व्यवसायको सञ्चालन तथा वित्तीय योजना पहिचान गर्ने मुख्य उद्देश्य लिएको छ । गत चैत ११ देखि सुरु भएको बन्दाबन्दी २०७७ असार १ देखि खुकुलो गरिए पनि आर्थिक क्रियाकलाप पूर्ण रूपमा सञ्चालनमा आउन सकेका छैनन् । यता आर्थिक वर्ष २०७६÷७७ मा करिब २.२८ प्रतिशत मात्र आर्थिक वृद्धि हासिल हुने केन्द्रीय तथ्याङ्क विभागको अनुमान छ ।
कोभिड–१९ प्रभावका कारण रोजगारीका अवसर पनि प्रभावित भएको छ । कोभिड–१९ ले नेपालको अर्थतन्त्रमा पारेको असर र त्यसलाई सम्बोधन गर्न अवलम्बन गर्नुपर्ने नीतिगत व्यवस्थाबारे नियमित अध्ययन गरिरहेको राष्ट्र बैङ्कले जनाएको छ । यसै क्रममा बन्दाबन्दीको प्रभावबारे प्राथमिक तथ्याङ्कमा आधारित रही सूक्ष्म अध्ययन गर्न सान्दर्भिक देखिएकाले यो सर्वेक्षण गरिएको जनाइएको छ ।
असर न्यूनीकरणमा केन्द्रित
महामारीका कारण अर्थतन्त्रका विभिन्न क्षेत्रको उत्पादन तथा रोजगारीमा पर्ने प्रभाव पहिचान गर्ने उद्देश्यले गरिएको सर्वेक्षणले उद्योग÷व्यवसायको पुँजीको संरचना तथा बन्दाबन्दीपछि सञ्चालन रणनीति पहिचान गर्ने र बन्दाबन्दीको असर न्यूनीकरण गर्न उपयुक्त आर्थिक, मौद्रिक तथा क्षेत्रगत सुझाव सङ्कलन गर्ने उद्देश्य राखेको छ ।
पूर्णतया प्राथमिक तथ्याङ्क तथा सूचना प्रयोग गरिएको अध्ययनमा तथ्याङ्क तथा सूचना सङ्कलन गर्न प्रश्नावलीमा आधारित गुगल फर्ममार्फत अनलाइन सर्वेक्षण विधि अपनाइएको थियो । सर्वेक्षणमा ५२ जिल्लाका ६७४ उद्योगी÷व्यवसायीको सहभागिता थियो । औद्योगिक वर्गीकरण अनुसार थोक तथा खुद्रा व्यापारबाट सर्वाधिक २८.२ प्रतिशत, उत्पादनमूलक उद्योगबाट १८.२ प्रतिशत र होटल तथा रेस्टुरेन्टबाट १६.५ प्रतिशत नमुना प्राप्त भएको राष्ट्र बैङ्कले जनाएको छ ।
तीन वर्ष वा सोभन्दा कम अवधि सञ्चालनमा रहेका नवप्रवर्तन उद्योग÷व्यवसायको सहभागिता २३.७ प्रतिशत रहेको छ । उद्योग÷व्यवसायको आकारका आधारमा सर्वाधिक ४२.७ प्रतिशत उत्तरदाता लघु उद्यम÷साना खुद्रा व्यापार समूहका छन् भने सबैभन्दा थोरै ४.३ प्रतिशत उत्तरदाता ठूला उद्योग समूहका छन् ।
सर्वेक्षणमा सहभागी उद्योग÷व्यवसायको कर्जा सम्पत्ति अनुपात औसतमा ४८.७ प्रतिशत रहेको देखिएको छ भने सहभागी उद्योग÷व्यवसायको कुल खर्चमा स्थिर खर्च र चालू खर्चको हिस्सा क्रमशः ३७.६ प्रतिशत र ६२.४ प्रतिशत छ । सहभागीमध्ये ७४.३ प्रतिशत उद्योग÷व्यवसायले बैङ्क तथा वित्तीय संस्थाबाट र ८.७ प्रतिशतले बचत तथा ऋण सहकारी संस्थाबाट कर्जा लिएका छन् भने कर्जा नलिएका उद्योग÷व्यवसायको सङ्ख्या १२ प्रतिशत छ ।
पूर्ण बन्द ६१ प्रतिशत
बन्दाबन्दी अवधिमा चार प्रतिशत उद्योग÷व्यवसाय पूर्ण रूपमा सञ्चालनमा रहेका, ३५ प्रतिशत उद्योग÷व्यवसाय आंशिक रूपमा सञ्चालनमा रहेका र ६१ प्रतिशत उद्योग÷व्यवसाय पूर्ण रूपमा बन्द रहेको पाइएको छ । बन्दाबन्दी अवधिमा सर्वेक्षणमा सहभागी उद्योग÷व्यवसायमध्ये ९६.७ प्रतिशतले सामान्य अवस्थाको तुलनामा औसतमा ७३.८ प्रतिशत उत्पादन÷कारोबार घटेको जनाएका छन् ।
सहभागीमध्ये ०.९ प्रतिशत उद्योग÷व्यवसायको उत्पादन÷कारोबार १५.४ प्रतिशतले बढेको र २.४ प्रतिशतको उत्पादन÷कारोबार पूर्ववत् रहेको देखिएको छ । सर्वेक्षण अवधिको समाप्तिसम्ममा छुट प्राप्त गर्न योग्य सहभागी उद्योग÷व्यवसायमध्ये करिब २० प्रतिशतले नेपाल राष्ट्र बैङ्कको निर्देशन अनुसारको ब्याज छुट प्राप्त गरेको बताएका छन् ।
६९.९ प्रतिशत उद्योग÷व्यवसायले नेपाल सरकारले आर्थिक वर्ष २०७७÷७८ को बजेटमा व्यवस्था गरेअनुसार पाँच प्रतिशत ब्याजदरमा कर्जा प्राप्त भएमा कर्मचारी÷कामदारको रोजगारीलाई पूर्ण रूपमा निरन्तरता दिन सक्ने बताएका छन् । बन्दाबन्दी अवधिमा सर्वेक्षणमा सहभागी उद्योग÷व्यवसायलाई सञ्चालन खर्च बेहोर्न चालू पुँजीको अभाव, उत्पादनको बिक्रीवितरणमा कठिनाइ र बजारमा मागको कमीजस्ता समस्या रहेको देखिएको छ । गोरखापत्र दैनिकमा भेषराज बेल्बासेले खबर लेखेका छन् ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग एकता गर्न नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...
ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ। अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ । ...
कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान सुरु गरेको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...
अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...
सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...