×

NMB BANK
NIC ASIA

गृह मन्त्रालयका २५ कर्मचारीलाई सशस्त्रका चालक

साउन २२, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

 गृह मन्त्रालयका कर्मचारीहरूले पहुँच र प्रभावका आधारमा सशस्त्र प्रहरी बल (एपीएफ) का २५ जना सवारी चालक प्रयोग गरिरहेका छन् । गृह मन्त्रालयका शाखा अधिकृतदेखि सहसचिवसम्मका कर्मचारी र विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारीले चढ्ने गाडीमा सशस्त्र प्रहरीका चालक छन् । २३ जनाले चालक मात्रै र दुई जनाले चालक र गाडी दुवै सशस्त्रकै प्रयोग गरिरहेका छन् ।

Muktinath Bank

यसरी चालक खटाइनु विशिष्ट पदाधिकारीको सुरक्षासम्बन्धी मापदण्डविपरीत हो । बहालवाला तथा अवकाशप्राप्त पदाधिकारीलाई सर्त र मापदण्डभित्र रहेर अंगरक्षक, चालक र सवारीसाधन उपलब्ध गराइने गरेको छ । अन्य उच्च पदस्थ कर्मचारीको हकमा कार्यविधिमा नसमेटिए पनि मन्त्रालयको साधनस्रोतअनुसार आन्तरिक रूपमा सवारी र चालक व्यवस्थापन गरिँदै आएको छ । तर, सुरक्षा निकायका चालक ल्याउन पाइने व्यवस्था कतै छैन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उपसचिवभन्दा तलका कर्मचारीले सवारीसाधन र चालक सुविधा पाउँदैनन् । तर गृहमन्त्री रामबहादुर थापाको सचिवालयमा कार्यरत शाखा अधिकृतदेखि उनका स्वकीय सचिवसम्मले यो सुविधा लिएका छन् । मापदण्डमै नपरेका व्यक्तिका लागि सशस्त्रका चालक र सवारी व्यवस्थापन गरिनु आर्थिक र जनशक्तिको दुरुपयोग भएको गृहकै उच्च स्रोतले बतायो । गृह मन्त्रालयका ७ जना सहसचिवले प्रयोग गर्ने सवारीका चालक सशस्त्र प्रहरीबाट खटिएका छन् ।


Advertisment
Nabil box
Kumari

हाल सीसीएमसी सचिवालयमा काजमा खटिएका गृह मन्त्रालयका सहसचिव वासु दाहाल, प्रशासन शाखाका सहसचिव रामप्रसाद आचार्य, विपत् व्यवस्थापन प्राधिकरणका सहसचिव जनार्दन गौतम, विपत् व्यवस्थापन महाशाखाका सहसचिव इन्दु घिमिरे, सुरक्षा व्यवस्थापन महाशाखाका सहसचिव चक्रबहादुर बूढा, प्रहरी किताबखानाका सहसचिव यादव सुवेदी, व्यवस्थापन महाशाखाका प्रमुख कुमारबहादुर खड्का र विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अनिल पोखरेलले प्रयोग गर्ने गाडीमा सशस्त्रका चालक छन् । यसैगरी गृहमन्त्री रामबहादुर थापाका स्वकीय सचिवसमेत रहेका छोरा प्रतीक थापा र अर्का स्वकीय सचिव बिरु तामाङले सशस्त्र प्रहरीकै गाडी र चालक प्रयोग गरिरहेका छन् ।

Vianet communication
Laxmi Bank

गृहमन्त्रीका निजी सचिव रहेका उपसचिव ईश्वरीप्रसाद ढकाल र सचिवालयकै शाखा अधिकृत दिलीप सुवेदीले पनि सशस्त्रबाट चालक लिएका छन् । गृह मन्त्रालयको थप एउटा गाडीमा पनि सशस्त्रकै चालक छन् ।

गृहको आपत्कालीन कार्यसञ्चालन केन्द्रका उपसचिव मुरारी बस्ती, सवारी शाखा, स्थानीय प्रशासन शाखाका उपसचिव गोपालकुमार अधिकारी, प्रहरी शाखाका उपसचिव भूपेन्द्र सापकोटा, विभूषण शाखाका उपसचिव वन्दना राई, २४ घण्टे स्ट्यान्डबाई, गुनासो शाखाका उपसचिव गोमा चेम्जोङ, गृहकै लेखा शाखाका उपसचिव, सूचना प्रविधि शाखाका उपसचिव दिलकुमार तामाङ, मानवअधिकार शाखाका उपसचिव कमलराज ढकालका चालक पनि सशस्त्रकै छन् । लागूऔषध शाखा (यसअघि झंकनाथ ढकालले प्रयोग गर्दै आएका थिए, उनी नुवाकोटको कामु प्रमुख जिल्ला अधिकारी बनेपछि शाखामा नयाँ प्रमुख तोकिएको छैन) मा चालक सशस्त्रबाटै चालक खटाइएको छ ।

महालेखा नियन्त्रक (सचिव) गोपीनाथ मैनालीले हालको कानुनअनुसार सचिव र सहसचिवले मात्रै चालक, इन्धन र गाडीको व्यवस्था भएको बताए । ‘अहिलेको कार्यविधि/मापदण्ड विशिष्ट र प्रथम श्रेणीका कर्मचारीलाई मात्रै क्रमशः ८० र ७० लिटर इन्धन, चालक र गाडीको सुविधा छ । मन्त्रालय र विभाग/निकायबाहेक कार्यालय प्रमुख रहेका अड्डामा पनि चालक र सवारी अनि इन्धनको सुविधा छ तर बाँकी कर्मचारीको हकमा कानुनअनुसार यसको उपभोग गर्न पाइँदैन,’ उनले भने ।

गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बूढाले मन्त्रालयमा चालक अपुग भएको अवस्थामा मापदण्डमा परेका पदाधिकारी र कर्मचारीलाई प्रहरी र सशस्त्रबाट चालक झिकाएर प्रयोग गरिँदै आएको दाबी गरे । उनले सवारी चालक दुरुपयोग नभएको जिकिर गरे । ‘चालक र गाडी गृह मन्त्रालयबाटै व्यवस्थापन हुँदै आएको छ, यद्यपि मन्त्रालयमा भएका चालक अपुग भएको अवस्थामा गृह मन्त्रालयमातहत नै भएकाले सशस्त्रबाट चालक प्रयोग गरिएको हुन सक्छ,’ उनले भने ।

सशस्त्र प्रहरीका एक पूर्वआईजीपीले गृह मन्त्रालय र त्यहाँ कार्यरत कर्मचारीले सशस्त्र प्रहरीको साधनस्रोत प्रयोग गर्न नियमित कामकारबाहीमा पनि सौदाबाजी गर्ने गरेको टिप्पणी गरे । ‘आईजीपी र गृहसचिवको तह समान हुन्छ तर गृहका शाखा अधिकृतले हस्ताक्षर गरेर आईजीपीलाई पत्र पठाउँछन्,’ ती पूर्वआईजीपीले कान्तिपुरसँग भने, ‘यसलाई त हामीले सहेकै हौं तर हुँदाहुँदा हेडक्वार्टरमा बसेका एसपीले गाडी सुविधा पाउँदैनन्, त्यही दर्जाको निजामती कर्मचारीलाई गाडी चढ्न सशस्त्रले नै चालक उपलब्ध गराउनुपरेको छ, यो बडो विडम्बना छ ।’ सशस्त्र प्रहरी प्रवक्ता डीआईजी राजु अर्यालले सवारी र चालक व्यवस्थापनसम्बन्धी प्रावधान संशोधन हुने क्रममा रहेको बताए ।

‘अहिलेसम्म जे–जस्तो अवस्थामा परिचालन गरिएको छ, सरकारको नीतिअनुसार नै हो,’ डीआईजी अर्यालले कान्तिपुरसँग भने, ‘कहींकतै कमीकमजोरी भएको रहेछ भने सच्चिन्छ र अहिलेको प्रावधान समयानुकूल संशोधन गर्ने क्रममा छौं ।’ कान्तिपुर दैनिकमा मातृका दाहालले खबर लेखेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x