अफिसको रकम लेखापालकी पत्नीको खातामा

त्रिवेणी गाउँपालिकाका लेखापाल हेमन्त केसीले सरकारी रकम आफू, पत्नी र भतिजाको नाममा जम्मा गरेको पाइएको छ । उनले पत्नी विर्मा र दाइका छोरा सुवासको नाममा झन्डै २५ लाख रुपैयाँ जम्मा गरेको खुलेको हो ।

केसीले आफ्नो नाममा ८ लाख र विर्माको नाममा फरकफरक मितिमा ८ लाख ८६ हजार रुपैयाँ जम्मा गरेको पाइएको छ । उनले गाउँपालिकाको लेखा सहयोगीका रूपमा कार्यरत भतिजा सुवासको खातामा तलब शीर्षकमा ७ लाख ९१ हजार रकम जम्मा गरेका हुन् ।


Advertisement

घटनाबारे थाहा पाएपछि कार्यपालिकाले गाउँपालिका अध्यक्ष झक्कुप्रसाद घर्ती, उपाध्यक्ष निर्मला विष्ट खड्का तथा केही वडाध्यक्ष रहेको छानबिन कार्यदल बनाएर अध्ययन थालेको छ ।

आव ०७६/७७ मा विभिन्न शीर्षकको २४ लाख ७७ हजार रुपैयाँ लेखापाल केसीले आफू, पत्नी र भतिजाको खातामा जम्मा गराएको पाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपेन्द्र रावलले पुष्टि गरे । उनका अनुसार त्यसमध्ये पत्नीको नाममा गएको ८ लाख ८६ हजार रुपैयाँ गाउँपालिकाको सञ्चित खातामा जम्मा गरिसकिएको छ । लेखापालको खाताको ८ लाख र भतिजा सुवासको खातामा जम्मा भएको ७ लाख ९१ हजार भने फिर्ता नभएको रावलले बताए ।


Advertisement

भतिजाको खातामा पारिश्रमिक भनेर उक्त रकम पठाइएको पाइएको छ । जब कि सुवासको मासिक तलब २२ हजार रुपैयाँ मात्र हो । जेठ १ देखि लागू हुने गरी नियुक्ति दिन कार्यपालिकाले निर्णय गरे पनि उनले गत फागुनमा मात्र नियुक्ति पाएका थिए । कान्तिपुर दैनिकमा खबर छ । 

छापाबाट
छापाबाट

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्