प्रेमिकासँग रोमान्टिक प्रपोजलकामैनबत्ती बाल्दा घरै जल्यो

बेलायतको शेफील्ड शहरमा एक पुरुषले आफ्नी प्रेमिकासँग विवाहका लागि प्रपोज गर्न रोमान्टिक वातावरण बनाउने क्रममा दुर्घटना भएको छ । 

उनले आफ्नो फ्ल्याटमा १०० वटा टीलाइट क्यान्डल (साना मैनबत्ती) बाले । मैनबत्तीहरूले वातावरण रोमान्टिक बनाउनुको साटो घरै डढाइदियो । 


Advertisement

साउथ योर्कशायर फायर यान्ड रेस्क्यु सर्भिसले ट्विटरमा घटनाको जानकारी दिएको छ । 

दुर्घटनापछिको तस्वीर शेयर गर्दै उसले लेख्यो, ‘ध्यान दिएर हेर्नुस् । तपाईं के देखिरहनुभएको छ ? हो, तपाईं सही हुनुहुन्छ । सयौं टीलाइट मैनबत्तीहरू । के भएको थियो जान्न चाहनुहुन्छ ? रोमान्टिक प्रपोजलका लागि यो सब गरिएको थियो तर सोचेको भन्दा फरक भइदियो । यसबाट मैनबत्तीको सही प्रयोग कसरी गर्ने भन्ने विषयमा सबैले महत्त्वपूर्ण पाठ सिक्न पाउँछन् ।’
 


Advertisement

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्