भारतको कोभिड अस्पतालमा आगलागी, ८ जनाको मृत्यु

भारतको गुजरात राज्यको नवरंगपुरामा रहेको कोभिड अस्पतालमा आगलागी हुँदा आठजना रोगीको मृत्यु भएको छ । तिनमा पाँच पुरुष र तीन महिला छन् । 

श्रेय अस्पतालमा यो घटना भएको हो र त्यसलाई सील गरिएको एडिसनल चीफ सेक्रेटरी राजीव कुमार गुप्ताले बताए । 


Advertisement

४१ रोगीहरूलाई सरदार वल्लभ भाई पटेल अस्पतालमा सारिएको छ । शरीरहरूलाई पोस्टमार्टमका लागि पठाइएको छ । 

प्रहरीका अनुसार, श्रेय अस्पतालमा बिहान सबेरै आईसीयूमा आगो लाग्यो । त्यसपछि आगो अन्य वार्डमा फैलियो ।  शर्ट सर्किटका कारण आगो लागेको बताइएको छ । 


Advertisement

अस्पतलामा कोभिड रोगीका लागि ५० शय्या छन् । दुर्घटना हुँदा ४५ रोगी भर्ना भएका थिए । 

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट मारिएका मानिसको परिवारलाई २–२ लाख भारु दिने घोषणा गरेका छन् । घाइते भएकाहरूलाई ५० हजार भारु दिइनेछ । 

मुख्यमन्त्री विजय रुपाणीले घटनाको अनुसन्धान गर्ने आदेश दिएका छन् । 
 

प्रत्यक्षदर्शीहरूका अनुसार, प्रहरी र फायर ब्रिगेडका कर्मचारीहरूले रोगीहरूलाई अर्को वार्डमा सारेका थिए । 

मर्नेको संख्या बढ्न सक्ने बताइएको छ । 
 

रोगीहरूका परिवारका सदस्यले प्रहरी तथा फायर ब्रिगेडलाई अस्पताल व्यवस्थापनले ढिलो गरी मात्र आगलागीको जानकारी दिएको आरोप लगाएका छन् ।

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्