बेरुत विस्फोट : सबै नेपाली सकुशल

लेबनानको राजधानी बेरुतको प्रमुख बन्दरगाहमा भएको विस्फोटबाट कुनै पनि नेपाली नागरिक प्रभावित नभएको सरकारले बताएको छ ।

'बेरुतमा रहेका नेपाली नागरिक सकुशल छन्, त्यहाँस्थित नेपालका अवैतनिक वाणिज्यदूत र गैरआवासीय नेपाली सङ्घसँग कायरोस्थित नेपाली राजदूतावास निरन्तर सम्पर्कमा छ', बेरुतमा नेपाली सुरक्षित रहेका जानकारी दिँदै परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले भने ।


Advertisement

यसैबीच परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विस्फोटबाट भएको धनजनको क्षतिले आफूलाई मर्माहत तुल्याएको बताउँदै मृतकका परिवारजनका साथै लेबनान सरकार र त्यहाँका जनतामा सहानुभूति, समवेदना एवं ऐक्यबद्धता प्रकट गरेका छन् ।

मंगलबार भएको शक्तिशाली विस्फोटमा परी १३५ जनाको मृत्यु हुनाका साथै चार हजारभन्दा बढी घाइते भएका छन् । वैदेशिक रोजगारीका सिलसिलामा लेबनानमा १२ हजारको हाराहारीमा नेपाली छन् ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्