रुसका सबभन्दा खतरनाक सिरियल किलर मिखाइल पोपकोभले ८३ जना महिलाको हत्या गरेको कबुल गरेका छन् ।
पूर्वप्रहरी पोपकोभ अहिले मोर्दोभियास्थित पिनल कोलोनी (दण्ड दिन बनाइएको ठाउँ) मा आजीवन कारावासको सजाय काटिरहेका छन् । उनले हत्या गरेका अनेकौं महिलालाई बलात्कार पनि गरेका थिए ।
आफूले गरेको कामका लागि पश्चात्ताप लागेको उनी बताउँछन् ।
उनले १०० भन्दा बढी वा अझ लगभग २०० जनालाई मारेको हुनसक्ने विश्वास प्रहरीले गरेको छ ।
आजीवन कारावासका विषयमा कुरा गर्दै उनले मृत्युदण्ड नै पाएको भए हुन्थ्यो भने ।
‘मैले पश्चात्ताप गर्नुपर्ने थुप्रै कारण छन् । मैले यस्ता जघन्य अपराध नगरेको भए हुन्थ्यो,’ उनले स्थानीय न्युज वेबसाइट भेस्ती इर्कुत्स्कलाई बताए ।
‘पश्चात्ताप गर्नु कुनै पनि व्यक्तिको प्राकृतिक इच्छा हो । मैले सोच्नका लागि टन्नै समय पाएँ ।’
पोपकोभले कतिजना महिला मारेको भन्ने कुरा खुलाउन चाहेनन् ।
‘
मैले मरेका मानिसको संख्या गनिनँ,’ उनले भने ।
पोपकोभले राति एक्लै हिँडिरहेका महिलालाई प्रहरीको गाडीमा राखेर लग्ने गरेका थिए ।
एजेन्सी