×

NMB BANK
NIC ASIA

व्यथा आ-आफ्नै

ड्युटीमा रहेका ट्राफिकलाई छोराको फोन– 'प्रहरीलाई कोरोना लागेको छ रे, घर नआउनुस् बाबा'

साउन २२, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

दाङ घर भएका प्रहरी जवान रेशम चौधरी सि‌ंहदरबार ट्राफिक प्रहरी युनिटबाट स्वास्थ्य मन्त्रालय अगाडि खटिन्छन् ।

Sagarmatha Cement
Muktinath Bank

कहिले दिनभरको वर्षा त कहिले चर्को घाममा सवारी साधनलाई व्यवस्थित गरेर जाम हुन नदिनु उनको मुख्य जिम्मेवारी र दैनिकी हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बिहान ५ बजे बूढानीलकण्ठस्थित डेराबाट बाइकमा उनी दैनिक ड्युटीमा आउँछन् । सवारी व्यवस्थापन गर्छन् र त्यहीँबाट डेरामा फर्किछन् । यो अहिले उनको दैनिकी हो । 


Advertisment
SBL

कोरोनाभाइरस (कोभिड– १९) पछि घर वा डेरामा बस्नेहरू सिधै ड्युटीमा खटिने र ड्युटीबाट घर वा डेरामै फर्किन निर्देशन महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिएको छ ।

Vianet communication
Laxmi Bank

कोरोनाभाइरसको संक्रमणबाट बच्नका लागि महाशाखाले यसो गरेको थियो । 

सवारी साधनको व्यवस्थापन गर्दा दैनिकजसो यात्रुको नजिक जानु, अहिलेको अवस्थामा जोरबिजोर चेक गर्नु अथवा अन्य कुनै सवारीले गल्ती गरेमा उचित कारवाही गर्नु, सडकमा सवारी साधनहरू बिग्रेको खण्डमा पछाडिबाट धकेल्नु ट्राफिक प्रहरीको दैनिक हो, चौधरीले पनि यो दैनिकजसो नै गर्नुपर्छ । 

कोरोना महामारीको समयमा यदि कोही संक्रमितसँग नजिक भइयो भने आफूलाई पनि संक्रमण हुन्छ कि भन्ने डरले सताइरहने चौधरीले लोकान्तरलाई सुनाए । 

‘हामी त दैनिक १०/१५ जनाको नजिक जानुपर्छ, यदि कसैलाई कोरोना लागेको छ भने आफूलाई पनि सर्छ कि जस्तो डर लाग्छ,’ जवान चौधरीले लोकान्तरलाई सुनाए ।

व्यारेकमा बस्दै आएका चौधरी श्रीमती गर्भवती भएपछि छुट्टै कोठा लिएर बस्दै आएका हुन् । डेरामा २ वर्षको छोरी रहेकाले बेलुका घर जाँदा आफ्नो कारण छोरीलाई कोरोना संक्रमण हुने त होइन भन्ने डर दिनहुँ लाग्ने गरेको चौधरी बताउँछन् ।

‘बिहान रूमबाट हिँड्दा खासै केही सोच्दिनँ तर बेलुका जाने बेलामा आज कतै कसैबाट संक्रमण सर्‍यो कि जस्तो लाग्छ,’ चौधरीले लोकान्तरसँग भने ।

बेलुका घरभित्र छिर्नुभन्दा अगाडि बर्दी फुकालेर हातखुट्टा तथा मुख राम्रोसँग धुने अनि अर्को कपडा लगाएर भित्र छिर्ने गर्छन् ।

बर्दी राख्ने छुट्टै ठाउँ बनाएका छन् । बिहान आउँदा फेरि त्यही लगाएर आउँछन् । काठमाडौंमा पानीको अभावले गर्दा दैनिक नुहाउन पनि नपाइने गुनासो उनले गरे ।

***

ललितपुरको कुपण्डोलमा ड्युटी गर्दै आएका ट्राफिक प्रहरी जवान विनोदकुमार श्रेष्ठको दैनिकी पनि उस्तै चलेको छ ।

धादिङ स्थायी घर भएका विनोदकुमार श्रेष्ठ नजिकैको घर पनि जान पाएका छैनन् । कोरोनाभाइरसको संक्रमण फैलिने भन्दै सरकारले गरेको बन्दाबन्दी (लकडाउन) पछि घरमा आमाले बारम्बार बोलाइरहँदा पनि जान पाएका छैनन् ।

‘आमाले देख्न मन लाग्यो भनेर बोलाइरहनुभएको छ, मेरो कारणले घरपरिवारलाई कोरोना सर्छ कि भनेर गएको छैन,’ जवान श्रेष्ठले लोकान्तरसँग भने । 

फोनमा कुरा गरेर र सामाजिक सञ्जाल फेसबूकको म्यासेन्जरमा भिडियो कुराकानी गरेर चित्त बुझाउने गरेका छन् ।

ब्यारेकमा जाँदा पनि बाहिरैबाट नुहाएर जान्छन् । आफ्नो कारणले गर्दा अन्य साथीभाइलाई कोरोना संक्रमण नहोस् भन्ने उनलाई लाग्छ । सधैँ स्यानिटाइजर बोकेर हिँडेका हुन्छन्  । 

सकेसम्म सवारी साधनलाई नजिक गएर चेकजाँच नगर्नु भन्ने निर्देशन महाशाखाले दिएको छ । यदि चेकजाँच गर्नै परेको खण्डमा स्यानिटाइजर प्रयोग गरेर, पञ्जा प्रयोग गरेर मात्र गर्न निर्देशन दिइएको छ ।

श्रेष्ठले सवारीको कागज पत्र चेक गर्दा पहिला चालकलाई स्यानिटाइजर लगाउन लगाएर मात्र आफूले कागज पत्र लिने गरेका छन् । 

उदयपुर घर भई ललितपुरमा कार्यरत प्रहरी हवल्दार महेन्द्रकुमार शाह पनि विगत ८ महिनादेखि घर जान पाएका छैनन् । 

ललितपुरको जावलाखेलमा कार्यरत शाह घर जाने भन्दाभन्दै लकडाउन भएपछि घर जान नपाएका हुन् ।

अहिले त पुलिस भन्नेबित्तिकै छिमेकी र वरपरका सबै डराउँछन् । पछिले कहिले घर आउनुहुन्छ भनेर सोधिरहने छोराले समेत अहिले नआउनुस् भन्न थालेको उनले सुनाए ।

‘पहिला छोराले बाबा घर कहिले आउने भन्थ्यो, तर अहिले प्रहरीलाई कोरोना लागेको छ रे नआउनुस् भन्छ,’ शाहले लोकान्तरसँग भने, ‘छोराले त्यसोभन्दा म कुँडिएर आउँछ, के गर्नु जागिरै यस्तै छ ।’

प्रहरीमा पछिल्लो समयमा कोरोनाको संक्रमण बढेपछि मानिसहरू नजिक आउन पनि डराउने गरेको अनुभव हवल्दार शाहले बताए ।

‘आफ्नै परिवार त डराएको छ अरु किन नडराओस्,’ शाहले भने । 

पछिल्लो समय फिल्डमा खटिने प्रहरीहरूमा कोरोना संक्रमण पुष्टि भइराखेको छ ।

प्रहरी प्रधान कार्यालय नक्सालमा आज (साउन २२ गते) सम्म ८५ जनामा कोरोना संक्रमण देखिएको छ ।

देशभरिमा प्रहरीका २ सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १ सय १९ निको भएर सेवामा फर्केको प्रहरी प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) कुवेर कठायतले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २८, २०८०

बुटवलका कृष्ण चौहान क्षेत्रीले आफ्नो सफलता पैसासँग कहिल्यै तौलिएनन् । बरु हुँदा खाँदाको प्राध्यापन पेशाबाट हात झिकेर २४सै घण्टा मानव सेवामा लागेका छन् । उनको आफ्नो सम्पूर्ण जीवन नै रक्तदान क्षेत्रमा बिताउने प्रण गर...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

स्वधर्मको अनुयायी कसरी बन्ने ?

स्वधर्मको अनुयायी कसरी बन्ने ?

चैत ३, २०८०

स्वधर्म भन्ने शब्द हामीमध्ये धेरैले सुन्ने गरेका छौँ । स्वधर्मको आदि शिक्षक, प्रचारक वा आचार्य भगवान् कृष्ण हुन् । उनले सर्वप्रथम अर्जुृनलाई यसको शिक्षा दिएका थिए कुरुक्षेत्रको युद्ध मैदानमा । यसका आधुनिक व्याख्याता भने ...

जनयुद्धको ‘माओवादी ह्याङओभर’ र नारायणकाजी

जनयुद्धको ‘माओवादी ह्याङओभर’ र नारायणकाजी

चैत १, २०८०

गठबन्धनको नयाँ समीकरणसँगै पुनर्गठित मन्त्रिपरिषद्मा नेकपा (माओवादी केन्द्र)का तीन मन्त्री दोहोरिए । पार्टी नेतृत्वको निर्णयप्रति केही युवा सांसदले आक्रोश व्यक्त गरे । माओवादी पार्टी एउटा भए पनि सहायक गुट धेरै छन्...

एक पूर्व कर्मचारीको 'डायरी'– इमान्दार बन्दा कार्यालय नै नभएको ठाउँमा सरुवा

एक पूर्व कर्मचारीको 'डायरी'– इमान्दार बन्दा कार्यालय नै नभएको ठाउँमा सरुवा

फागुन २८, २०८०

उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...

x