स्थानीय तहका पदाधिकारीलाई प्रशिक्षण दिने प्रादेशिक प्रतिष्ठान गठन आदेश स्वीकृत

प्रकाश आचार्य
प्रकाश आचार्य

लोकान्तर संवाददाता आचार्य प्रदेश नम्बर ५ बाट रिपोर्टिङ गर्छन् ।

प्रदेश सरकारले प्रादेशिक प्रतिष्ठान (गठन तथा कार्यसञ्चालन) आदेश–२०७७ स्वीकृत गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रस्ताव गरेको गठन आदेश बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको हो ।


Advertisement

प्रतिष्ठान आदेशले स्थानीय तहका पदाधिकारीलाई प्रशिक्षण दिने व्यवस्था गरेको छ । आदेशको अध्यक्षमा मुख्यमन्त्री रहेका प्रदेश सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार तथा विकास मन्त्री बैजनाथ चौधरीले जानकारी दिए । 

सरकारले वितरण गर्ने पदक सिफारिस समितिमा सदस्य मनोनित गरिएको छ । समितिको सदस्यमा देवराज भार (बाँके), चन्द्रबहादुर बुढा (रोल्पा) र नारायणी शर्मा (पाल्पा) लाई मनोनित गरिएको छ । 
प्रदेश ५ पदक ऐन २०७६ लाई संशोधन गर्न बनेको विधयेक प्रदेश सभामा पेश गर्न स्वीकृत प्रदान गरिएको छ । संशोधनमा पुथा श्री शिखर पदक भन्ने संशोधन गरेर पुथा श्री पदक बनाइएको छ । पदक क, ख र ग गरी दिने प्रकारको रहेकोमा संशोधन ऐनले प्रथम, द्वितीय र तृतीय बनाइएको छ । 


Advertisement

समितिको अध्यक्ष आन्तरिक मामिला तथा कानूनमन्त्री रहने व्यवस्था छ । बैठकले प्रदेश सेवामा कार्यरत कर्मचारीको व्यवस्थापन सम्बन्धी कार्यविधि पनि स्वीकृत भएको छ । प्रदेश स्वास्थ्य तालिम सञ्चालन तथा व्यवस्थापन कार्यविधि पनि स्वीकृत गरिएको छ । 

प्रकाश आचार्य
प्रकाश आचार्य

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्