×

NMB BANK
NIC ASIA

राष्ट्रिय जनगणना आउँदो जेठ २५ बाट असार ८ गतेसम्म

साउन २२, २०७७

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

केन्द्रीय तथ्यांक विभागले हरेक १० वर्षमा गर्ने राष्ट्रिय जनगणनाको १२औँ शृङ्खलामा पहिलोपटक पूर्णगणना गरिने भएको छ । यो जनगणना विसं २०७८ जेठ २५ देखि असार ८ गतेसम्म सञ्चालन हुनेछ ।

Muktinath Bank

यस जनगणनामा सम्पूर्ण घरको प्रयोजनसहितको गणना, प्रविधिको प्रयोग, सामुदायिक प्रश्नावलीको प्रयोग विषयगत प्रतिवेदन र तथ्यांकमा सुलभ पहुँच हुने विभागले जनाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विभागको टोलीले आज राष्ट्रिय समाचार समिति (रासस) सँग आगामी जनगणना, २०७८ को तयारी सम्बन्धमा अन्तक्र्रिया गरी सो सम्बन्धमा भएका कामकारवाहीबारे जानकारी गराएको छ ।


Advertisment
Nabil box
Kumari

विभागका निर्देशक ढुण्डीराज लामिछानेले जनगणना तयारीबारे प्रस्तुतीकरण गर्दै हालसम्म सङ्घ, प्रदेश र स्थानीय तहबाट मस्यौदा प्रश्नावलीमा सुझावहरु सङ्कलन, तहगत समन्वय, सहकार्य र सहयोगसम्बन्धी अध्ययन प्रतिवेदन तथा प्रदेश सरकारको संलग्नतामा प्रदेशस्तरीय अन्तक्र्रिया कार्यक्रम र ७७ जिल्लामा सचेतना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भइसकेको जानकारी दिए ।

Vianet communication
Laxmi Bank

केन्द्रीय तथ्यांक विभागले हरेक १० वर्षमा गरिने जनगणना विसं १९६८ देखि सञ्चालन गर्दै आएको छ । गत आर्थिक वर्षदेखि तयारी शुरु गरिएको यस गणनामा नेपालको जनसङ्ख्या तीन करोड पुग्ने अनुमान गरिएको छ ।

नेपालमा हालसम्म ११ जनगणनाहरु सम्पन्न भइसकेका छन् । पहिलो जनगणना विसं १९६८ चन्द्रशम्सेरका पालामा भएको थियो । पहिलो चार जनगणनाहरू विसं १९६८, १९७७, १९८७ र १९९८ मा व्यक्ति–व्यक्ति गनेर गरिएको थियो । त्यस्तै विसं २००८ मा पाँचौँ गणनाको तयारी हुँदाहुँदै राणाशासनविरुद्धको जनआन्दोलनले गर्दा गणनाको काम बीचैमा रोकिएको थियो ।

वि.सं २००९/११ को गणना (पाँचौं) अन्तर्राष्ट्रियरूपमा तुलनायोग्य, विसं २०४८ गणनामा पहिलोपटक लैङ्गिक तथा समावेशी गरिएको थियो भने विसं २०५८ मा पहिलोपटक राष्ट्रिय दिवसका रूपमा जनगणना दिवस (असार ८ गते) मनाउन थालिएको हो ।

विसं २०६८ मा जनगणनाको १०० वर्ष पूरा, ११औं जनगणनामा पशुपक्षीको समेत पूर्ण गणना गरिएको थियो भने विसं २०७८ हुने गणना सङ्घीय संरचनामा पहिलो जनगणना हुनेछ ।
 
जनगणनाको संस्थागत व्यवस्था हेर्दा सबैभन्दा माथि राष्ट्रिय योजना आयोग, केन्द्रीय तथ्यांक विभाग, सामाजिक तथ्यांक महाशाखा, जनसङ्ख्या शाखा, प्रदेश जनगणना कार्यालय, जिल्ला जनगणना कार्यालय, स्थानीय जनगणना कार्यालय रहेको छ । यस गणनामा नौ हजार सुपरीवेक्षक र ४३ हजार गणक रहने लामिछानेले बताए ।

विभागले विभिन्न जातजाति, भाषा, धर्म, क्षेत्र, वर्ग, अपाङ्गता, बालबालिका तथा ज्येष्ठ नागरिक, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकलगायत नागरिक समाजका सङ्घसंस्था तथा सरोकारवालासँग छलफल तथा अन्तरक्रिया कार्यक्रमका साथै नमूना (पाइलट) जनगणना गत असार १५ गते सम्पन्न गरिसकेको छ ।

गणनाको समयमा अक्सर बसोबास गर्ने स्थान, छ महिना वा सोभन्दा बढी बसोबास गर्ने वा बसोबास गर्ने मनसाय राखेका व्यक्ति, यस अवधिमा घर नभएका र चलायमान व्यक्तिको गणना जनगणनाको अन्तिम दिन जहाँ भेटिन्छन् त्यहीँबाट गरिने निर्देशक लामिछानेले जानकारी दिए ।

कार्यक्रममा राससका महाप्रबन्धक ओपेन्द्र शर्माले राज्यका हरेक नीति र योजनामा जनगणनाबाट प्राप्त हुने तथ्यांकको ठूलो महत्व हुने बताउँदै राससले आफ्नो सेवामार्फत जनगणना कार्यमा विभागलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

राससका प्रधान सम्पादक श्याम रिमालले आगामी जनगणना सही र तथ्यमा आधारित बनाउन गणकको योग्यता र दक्षतामा ध्यान दिन सुझाव दिएका थिए ।

राससका कार्यकारी व्यवस्थापक उत्तम सिलवालले विभागको टोलीलाई राससमा स्वागत गर्दै विभागको दक्ष जनशक्ति र आवश्यक व्यवस्थापनका कारण आगामी जनगणनाबाट सही र गुणस्तरीय परिणाम प्राप्त हुने अपेक्षा गरेका थिए । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x