गर्भवतीलाई हेलिकप्टरद्वारा उद्धार

पाँचपोखरी थाङ्पाल गाउँपालिकाको विकट वडा नं ६ थाङ्पाल धाप लेखर्ककी एक गर्भवतीलाई आज हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

बिहान ८ बजेदेखि भर्ना गरिरहेकी ३४ वर्षीया पासाङ लामालाई स्थानीय स्वास्थचौकीबाट सुत्केरी गराउन नसकेपछि गाउँपालिकाको पहलमा नेपाली सेनाको हेलिकप्टरद्वारा काठमाडौं पठाइएको गाउँपालिका अध्यक्ष टासी लामाले बताए ।


Advertisement

शिशुको टाउको ठूलो रहेको र मुटुको धड्कन सामान्य नरहेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख आत्मराम धितालले जानकारी दिए ।

अविरल वर्षाले सडकमा पनि क्षति पुर्‍याएपछि हेलिकप्टरमार्फत उद्धार गरिएको बताइएको छ । 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्