×

NMB BANK
NIC ASIA

महाधिवेशनको तयारीमा कांग्रेस, क्रियाशील सदस्यता वितरण अभियान

साउन २२, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

कोरोनाको बढ्दो सङ्क्रमण र बाढी पहिरोको बावजुद नेपाली कांग्रेस १४औँ महाधिवेशनको तयारीमा जुटेको छ ।

Sagarmatha Cement
Muktinath Bank

कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन सामाजिक दूरी कायम राख्दै गाउँ तहमा क्रियाशील सदस्यता बनाउने अभियानमा नेपाली कांग्रेस जुटेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कांग्रेसले यसअघि रहेको क्रियाशील सदस्य सङ्ख्यामा ५० प्रतिशत सङ्ख्या थप गर्न र नवीकरणका लागि वडा तहमा काम गरिरहेको छ ।


Advertisment
Nabil box
Kumari

नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठका अनुसार जिल्लाका ९८ वडामध्ये धेरैले पुरानो क्रियाशील सदस्य नवीकरण र थप क्रियाशील सदस्य वितरण सम्पन्न गरी नगर समितिमा पठाइसकेका छन् । 

Vianet communication
Laxmi Bank

यो महिनाभित्रमा वडाले नगर, प्रदेश, क्षेत्र हुँदै जिल्ला समितिमा क्रियाशील सदस्यको सङ्ख्या पठाइसक्नुपर्ने हुन्छ ।

श्रेष्ठले भने, 'कोरोनाको जोखिमका कारण उच्च सावधानी अपनाउँदै वडा तहमा काम भइरहेको छ ।' ठाउँठाउँमा पार्टी प्रवेशको लहर पनि चलेको उनले बताए ।

लकडाउन खुलेसँगै यसअघि रोकिएको क्रियाशील सदस्यको काम शुरू भएको हो । यस अवधिमा जिल्लामा ५०० भन्दा बढीले विभिन्न पार्टी परित्याग गरी कांग्रेस प्रवेश गरेको उनले जानकारी दिए ।

जिल्लामा यसअघि २० हजार ४०० क्रियाशील सदस्य थिए । पुनः १० हजार २०० सदस्य थप हुँदै छन् ।

कतिपयले नवीकरण नगर्ने हुँदा २८ हजारको हाराहारीमा क्रियाशील सदस्य हुने श्रेष्ठ बताउँछन् । गएको प्रतिनिधिसभाको निर्वाचनमा कांग्रेसले समानुपातिकमा ९४ हजार मत पाएको थियो ।

आउँदो पार्टीको निर्वाचनमा तीन निर्वाचन क्षेत्रबाट २५ जनाका दरले ७५ जना महाधिवेशन प्रतिनिधि र ६ प्रदेशबाट १७ जनाका दरले १०२ प्रदेश प्रतिनिधि चयन हुनेछन् । 

महाधिवेशन प्रतिनिधि भएको व्यक्ति मात्र जिल्लाको सभापतिका लागि उम्मेदवार हुन योग्य हुन्छ । सभापतिका लागि क्रियाशील सदस्य बनेको १० वर्ष पुगेको हुनुपर्छ । 

नेपाली कांग्रेसको चितवनमा वडाको निर्वाचन पुस ६ गते, नगरको ८ गते, प्रदेशको ११ गते, क्षेत्रको १३ गते र जिल्लाको १६ गतेका लागि तोकिएको छ ।

माघमा प्रदेशको र फागुन ७ गते केन्द्रीय महाधिवेशन हुँदैछ । जिल्लामा नेतृत्वका लागि जिल्ला नेताले दौडधुप शुरू गरेका छन् ।

जिल्लाभरबाट क्रियाशील सदस्यले निर्वाचित गरी पठाएका दुई हजार ७०० प्रतिनिधिले जिल्ला अधिवेशनमा भाग लिनेछन् । नारायण अधिकारी/रासस

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x