ग्लोबल आइएमई बैंकको नयाँ शाखा मुगुको गमगढीमा

ग्लोबल आइएमई बैंक लिमिटेडले बिहीबार मुगु जिल्लाको छाँयानाथ गाँउपालिका वडा नं. २, गमगढीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

नयाँ शाखाको शुरुवातसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २५८ पुगेको छ ।


Advertisement

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्‍याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर, राजश्व संकलन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ग्राहकहरु माझ बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको  बैंकले जनाएको छ ।

बैंकले ७१ वटा जिल्लामा फैलिएको २५८ शाखा सञ्जाल सहित २३४ एटिएम, ३९ एक्सटेन्सन तथा राजश्व संकलन काउण्टर, २०३ शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि/सम्र्पक कार्यालय छन् ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्