×

NMB BANK
NIC ASIA

रुपन्देहीमा राष्ट्रिय परिचय पत्रका लागि तथ्यांक संकलन शुरू

साउन २२, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

रुपन्देहीमा राष्ट्रिय परिचय पत्रको लागि तथ्यांक संकलनको काम बिहीवारबाट शुरू भएको छ ।

Muktinath Bank

जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा स्थापना गरिएको तथ्यांक संकलन केन्द्रमा सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरिप्रसाद अधिकारीको व्यक्तिगत विवरण संकलन गरी कार्यक्रमको थालनी गरिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तथ्यांक संकलनका लागि मेयर अधिकारीको कम्युटरबाट फोटो खिच्ने, औंठासँगै सबै हातका औलाको स्क्रिनिङ्ग गर्ने, डिजिटल सिग्नेचर गर्ने, आँखाको रेटिना स्क्रिनिङ्ग गर्ने जस्ता प्रक्रिया पूरा गरी उनको व्यक्तिगत विवरण राष्ट्रिय तथ्यांक संकलन डाटामा समावेश गरिएको प्रमुख जिल्ला अधिकारी माहादेव पन्थले बताए । 


Advertisment
Nabil box
Kumari

सरकारले नागरिकलाई दिने सुविधामा एकद्वार प्रणाली अपनाउन र व्यक्तिको सम्पूर्ण परिचय दिने एउटै परिचयपत्र बोकर हिँड्नसमेत सहज हुने प्रजिअ पन्थले बताए । बिहीवारबाट शुरू गरिएको काम अब दैनिक रुपमा सञ्चालन हुनेछ । छिटोभन्दा छिटो नागरिकको तथ्यांक संकलन गरी परिचयपत्र वितरण गर्ने उद्देश्यका साथ अन्य स्थानमा समेत संकलन केन्द्र थप गरी काम गर्ने प्रजिअ पन्थले जानकारी दिए । 

Vianet communication
Laxmi Bank

व्यक्तिगत विवरण संकलन गराउन आउने नागरिकले आफ्नो नागरिकता, विवाहितको हकमा विवाह दर्ता लगायतका कागजपत्र समावेश गर्नुपर्ने छ । जनतालाई प्रदान गर्ने सेवा सुविधा एकीकृत प्रणालीमार्फत एउटै परिचयपत्रबाट प्राप्त हुने प्रावधान सहितको प्रणालीको विकास गर्ने, जैविक पहिचानसहितको बहुउपयोगी परिचयपत्र तयार गरी वितरण गर्ने र नेपालमा बस्ने सबै व्यक्तिका विवरण राष्ट्रिय तथ्यांक भण्डारणमा समाविष्ट गर्ने राष्ट्रिय परिचय पत्रको उद्देश्य रहेको प्रजिअ पन्थले बताए ।  

राष्ट्रिय परिचय पत्रलाई नागरिकता र अन्य परिचयपत्र सबैलाई विस्थापन गर्ने गरी प्रयोगमा ल्याइने सरकारको योजना रहेको उनले सुनाए । यसो गर्दा नागरिकलाई सेवा लिन सहज हुने र कुनै अपराध वा घटनामा संलग्न व्यक्तिको विवरण तुरुन्त निकाल्न सकिने हुँदा अपराधमा समेत कमी आउने प्रजिअ पन्थले बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x