×

NMB BANK
NIC ASIA

‘भदौ १ बाट अन्तर्राष्ट्रिय उडान र लामो दूरीका यातायात खोल्ने परिस्थिति बनिसकेको छैन’

साउन २२, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

सरकारले भदौ १ गतेदेखि अन्तर्राष्ट्रिय हवाइ उडान र लामो दूरीका यातायात खोल्ने परिस्थिति बनिनसकेको जनाएको छ ।

Muktinath Bank

केही दिनमा सीसीएमसीको बैठक बसेर यसबारे निर्णय लिइने सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार मन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

साउन १९ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न बिहीवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता खतिवडाले अहिले नै लामो दूरीका यातायात, स्कूल र अन्तर्राष्ट्रिय हवाइ उडान खोल्ने अवस्था बनिनसकेको बताएका हुन् । 


Advertisment
Nabil box
Kumari

‘जोखिम बढ्दैछ, त्यसकारण अहिले सार्वजनिक यातायात, अन्तर्राष्ट्रियतर्फ अतिआवश्यक बाहेक उडान नगरौं, आन्तरिक हवाइ सेवा सञ्चालन नगरौं भन्ने पनि आइरहेको छ । तर केही न्युनतम आवश्यकताका कुरा नगरे आर्थिक रूपमा श्वास फेर्न कठिन हुन्छ भन्ने कुरा आइराखेको छ,’ मन्त्री खतिवडाले भने, ‘हामी केही दिनभित्र सीसीएमसीको बैठक बसेर यी कुरालाई रिभ्यु गर्छौं तर अहिले जसरी जोखिम बढेको छ, यस्तोमा अति उदार भएर सार्वजनिक यातायात खोल्ने, स्कूल सञ्चालन गर्ने या उडानलाई सञ्चालन गर्ने परिस्थिति अहिले बनी नसकेजस्तो प्रारम्भिक पृष्ठपोषणबाट पनि गर्न सकिन्छ ।’

Vianet communication
Laxmi Bank

विदेशमा अलपत्र परेका नेपालीको उद्धारका लागि भने अन्तर्राष्ट्रिय उडान गर्न सकिने उनले बताए । 

शुरूमा एकदमै अलपत्र परेका नेपाली हजार भन्यौं, ५ हजार, १० हजार अलपत्र भनिएपनि ४५ हजार जतिको उद्धार भएको र अरू ४५ हजारभन्दा बढीको लिष्ट दूतावासमा रहेको उनले बताए । 

‘सरकारको सोच जो अलपत्र हुनुहुन्छ जसलाई उद्धार गर्नुपर्नेछ, उहाँहरूलाई ल्याउनुपर्नेछ, जो अलपत्र हुनुहुन्न उहाँहरूलाई अलि सहज भएपछि ल्याउने गरी हामीले छलफल गरिरहेका छौं,’ मन्त्री खतिवडाले भने । 

यसअघि गत साउन ५ गते बसेको मन्त्रिपरिषद् बैठकले भदौ १ देखि स्कूल, लामो दूरीका यातायात र अन्तर्राष्ट्रिय उड्न खोल्ने निर्णय गरेको थियो । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x