स्याङ्जामा नेपाली कांग्रेसमा आबद्ध एक दर्जन युवा नेकपा प्रवेश

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसमा आबद्ध एक दर्जन युवाहरू सत्तारूढ नेकपा प्रवेश गरेका छन् ।

स्याङ्जाको फेदीखोला गाउँपालिका दिपक थापा, लक्ष्मण अधिकारी, अभिषेक अधिकारी, सुनिल भण्डारी, सुवास अधिकारी, तेजबहादुर गुरुङ, सन्दिप गुरुङसहित १ दर्जन युवाहरू नेकपा प्रवेश गरेका हुन् ।


Advertisement

उनीहरूलाई गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री तथा सहइन्चार्ज किरण गुरुङले अबिर लगाएर नेकपा प्रवेश गराएका थिए ।

नेकपा स्याङ्जाका अध्यक्ष सूर्य प्रसाद गैरे पारसको सक्रियतामा उनीहरूलाई नेकपा प्रवेश गराइएको थियो । विगत केही महिनायता स्याङ्जामा कांग्रेस छाडेर नेकपा प्रवेश गर्नेहरूको संख्या बढेको छ ।


Advertisement

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्