×

NMB BANK
NIC ASIA

सार्क मुलुकमा बढ्दै कोरोना मृत्युदर

साउन २३, २०७७

NTC
Sarbottam
तस्वीर सौजन्य : गोरखापत्र दैनिक
Premier Steels
Marvel

दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) मुलुकमा कोरोना भाइरसको सङ्क्रमणबाट मृत्युदर बढ्दै गएको छ । सङ्क्रमणबाट विश्वव्यापी मृत्युदर ३.८ प्रतिशत छ । सार्क मुलुकमा मात्र दुई प्रतिशत पुगेको छ । नेपालमा पनि कोरोना सङ्क्रमणबाट मृत्युदर बढ्दै गएको छ ।

Sagarmatha Cement
Muktinath Bank

यतिबेला नेपालमा कोरोना सङ्क्रमणको मृत्युदर ०.३ प्रतिशत रहेको छ । करिब एक महिना अघि नेपालमा ०.१ प्रतिशत मृत्युदर रहेको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सार्क क्षेत्रका आठ मुलुकमध्ये सबैभन्दा बढी अफगानिस्तानमा ३.५ प्रतिशत मृत्युदर छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यसपछि भारत र पाकिस्तानमा २.१ प्रतिशत, बङ्गलादेशमा १.३ प्रतिशत, श्रीलङ्कामा ०.४ प्रतिशत मृत्युदर पुगेको छ । कोरोना सङ्क्रमणबाट मृत्यु नहुने एउटै मात्र सार्क मुलुक भुटान रहेको छ ।


Advertisment
Nabil box
Kumari

पछिल्लो तथ्याङ्क अनुसार विश्वभर एक करोड ८७ लाख २८ हजार ५४७ जना सङ्क्रमित पुगेका छन् । जसमध्ये सात लाख चार हजार बढीको ज्यान गएको छ । तीमध्ये ६३ प्रतिशत निको भएका छन् । अझै ३३.९ प्रतिशत सक्रिय कोरोना सङ्क्रमित छन् । सार्क मुलुकतर्फ नेपालमा २७.६ प्रतिशत सक्रिय सङ्क्रमित छन् । निको भएर घर फर्कनेमा नेपालका ७२.१ प्रतिशत छन् ।

Vianet communication
Laxmi Bank

भारतमा १९ लाख १० हजार ६८१ सङ्क्रमित छन् । ३९ हजार ८५६ को मृत्यु भएको छ । निको हुने दर पनि नेपालको बढी रहेको जनस्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले बताउनुभयो । भारतसरह नै मृत्युदर रहेको पाकिस्तानमा निको हुने अत्यधिक अर्थात् ८८.९ प्रतिशत छन् । त्यहाँ जम्मा सक्रिय सङ्क्रमित ८.९ प्रतिशत छन् । त्यहाँ दुई लाख ८१ हजार १३६ जना सङ्क्रमितमध्ये छ हजार १४ को मृत्यु भएको छ ।

श्रीलङ्कामा ८९ प्रतिशत निको भएका र १०.६ प्रतिशत सक्रिय सङ्क्रमित छन् । भुटानमा ८७.४ प्रतिशत निको भएका र १२.६ प्रतिशत सक्रिय सङ्क्रमित छन् । सबैभन्दा बढी मृत्युदर रहेको अफगानिस्तानमा ६९.५ प्रतिशत निको भएका र २७ प्रतिशत सक्रिय सङ्क्रमित छन् । त्यहाँ ३६ हजार ८२९ सङ्क्रमितमध्ये एक हजार २९४ को मृत्यु भएको छ ।  गोरखापत्र दैनिकमा चाँदनी हमालले खबर लेखेकी छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x