×

NMB BANK
NIC ASIA

गेजुवाबाट बूढीगण्डकी खोस्न ऊर्जाको गृहकार्य

साउन २३, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

१२ सय मेगावाटको बूढीगण्डकी जलविद्युत् आयोजनामा चिनियाँ कम्पनी गेजुवा ग्रुपको विकल्प खोज्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले पहल थालेको छ । नीतिगत निर्णय गराई ओगटेर प्रक्रिया अघि नबढाएपछि आयोजना गेजुवाबाट खोस्न गृहकार्य सुरु भएको हो ।

Muktinath Bank

नेकपाका शीर्ष नेताहरूसँग अस्वाभाविक पहुँच बनाएका दीपक भट्टको प्रभावमा मन्त्रिपरिषद्ले गेजुवालाई यो आयोजना दिने निर्णय गरेको दुई वर्ष बितिसक्दासमेत कुनै प्रगति भएको छैन । गेजुवासँग तीन चरण वार्ता गरिसकेको तर अन्य प्रक्रिया अघि बढ्न नसकेको हुनाले विकल्पमा जाने तयारी रहेको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘निर्माण मोडालिटीको विषयमा मन्त्रालयमा एक चरण छलफल गरिसकेका छौं । विद्युत् प्राधिकरणले बनाउने, अर्को कम्पनी खडा गर्ने, शतप्रतिशत नेपाल सरकारको लगानी रहने, ऋण सहयोग लिने विकल्पमा छलफल भएको छ,’ उनले भने, ‘यसबारे चाँडै प्रधानमन्त्रीलाई ब्रिफिङ गरी मन्त्रिपरिषद्बाट निर्णय गराएर अघि बढ्ने छौं ।’


Advertisment
Nabil box
Kumari

बिनाप्रतिस्पर्धा इन्जिनियरिङ, खरिद, निर्माण र लगानी (ईपीसीएफ) मोडलमा गेजुवालाई जिम्मा दिन मन्त्रिपरिषद्ले ऊर्जा मन्त्रालयलाई २०७५ असोजमा निर्देशन दिएको थियो । ‘यो मोडलमा निर्माण गर्न अर्थ मन्त्रालयले सहमति दिएन । ईपीसीएफ मोडलमा बनाउन हामीसँग कानुन पनि छैन,’ पुनले भने, ‘तर पनि तीन चरण वार्ता गरिसकेपछि गेजुवा सम्पर्कमा छैन ।’ गेजुवाले आफूबाट खोसिएको बूढीगण्डकी निर्माणको जिम्मा पुनः आफूलाई दिन माग गर्दै २०७४ भदौ १ गते प्रधानमन्त्री कार्यालयमा निवेदन दिएको थियो । सोही निवेदनका आधारमा सरोकारवाला मन्त्रालयसँग समेत छलफल नगरी मन्त्रिपरिषद्ले ऊर्जा मन्त्रालयलाई गेजुवासँग ‘वार्ता गरी सहमतिमा’ पुग्न जिम्मा दिएको थियो ।

Vianet communication
Laxmi Bank

आयोजना प्रभावित गोरखा र धादिङका बासिन्दालाई मुआब्जा वितरण र निर्माणपूर्वका सबैजसो काम सकिइसकेकाले पुनः निर्णय गरी अघि बढ्नुपर्ने समय आएको मन्त्री पुनले बताए । ‘यी परिस्थिति र निर्माणका विकल्पसहित हामी छिट्टै प्रधानमन्त्रीलाई ब्रिफिङ गर्छौं,’ उनले भने ।

गेजुवाले सन् २०१७ देखि यो आयोजना ओगटिरहेको छ । गेजुवाको स्थानीय एजेन्ट दीपक र उनका दाइ सुशीलबाट राजनीतिक नेतृत्व प्रभावित भई निर्माणको जिम्मा दिने र खोस्नेजस्ता क्रियाकलापले आयोजना अगाडि बढ्न सकेको छैन । यस्तै आयोजनाको निर्माण मोडालिटी तय गर्ने र लगानी जुटाउने सरकारी निकाय लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा दुई दिनअघि मात्रै सरकारले सुशीललाई नियुक्त गरिसकेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेकपाका शीर्ष नेताहरूसँग भट्ट दाजुभाइको पहुँचका कारण ऊर्जाको पछिल्लो पहल सार्थक नहुने अनुमान पनि गरिएको छ । कानुनी व्यवस्था र सरकारको संरचनाअनुसार यो आयोजनाका विषयमा लगानी बोर्ड वा मन्त्रिपरिषद्मार्फत प्रधानमन्त्रीले नै निर्णय गर्नुपर्ने हुन्छ । त्यसका लागि ऊर्जामन्त्री पुनले पहल गर्न जनाए पनि गेजुवाबाट आयोजना खोसिने निश्चित छैन ।

२ खर्ब ७० अर्ब रुपैयाँ लागतको यो जलविद्युत् आयोजना पुष्पकमल दाहाल नेतृत्वको सरकारले बिनाप्रतिस्पर्धा भट्टहरू स्थानीय एजेन्ट रहेको चाइना गेजुवा ग्रुप कम्पनीलाई निर्माणको जिम्मा दिएको थियो । २०७४ जेठ २१ गते प्रधानमन्त्री निवास बालुवाटारमा तत्कालीन प्रधानमन्त्री दाहाल साक्षी बसेर तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्माले गेजुवाका प्रतिनिधिसँग आयोजना निर्माणको जिम्मा दिने समझदारीपत्रमा हस्ताक्षर गरेका थिए ।

बिनाप्रतिस्पर्धा जिम्मा दिएको भन्दै तत्कालीन संसद्को कृषि तथा जलस्रोत र अर्थ समितिले सम्झौता खारेज गरी प्रक्रिया अघि बढाउन निर्देशन दिएका थिए । संसद्को निर्देशन भन्दै पछि शेरबहादुर देउवा सरकारले सम्झौता खारेज गरे पनि मुख्य कारण दीपक भट्टले तत्कालीन चुनावी वाम गठबन्धन बनाउने समझदारी गर्न सहयोग गरेको आक्रोश थियो । देउवा सरकारले स्वदेशी लगानी र सीपमा निर्माण गर्ने भन्दै २०७४ कात्तिक २७ गते गेजुवासँगको समझदारी खारेज भएको घोषणा गरेको थियो ।

निर्वाचनमा सहयोग गरेका भट्टलाई रिझाउन ओलीले पत्रकार सम्मेलन गरेर देउवा सरकारले गरेको बूढीगण्डकीलगायतका अन्य महत्त्वपूर्ण निर्णय उल्ट्याउने घोषणा गरेका थिए । सरकार बनेको ६ महिनामा मन्त्रिपरिषद्ले गेजुवालाई दिने निर्णय गरेको थियो ।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष स्वर्णिम वाग्ले नेतृत्वको समितिले बूढीगण्डकी स्वदेशी स्रोतबाटै तीन विकल्पमा निर्माण गर्न सकिने सुझाव सरकारलाई बुझाएको थियो । समितिको सुझाव प्रतिवेदनअनुसार निर्माणको पहिलो विकल्प माथिल्लो तामाकोसी जलविद्युत् जस्तै विशिष्टीकृत आयोजना कार्यान्यवन इकाइमार्फत गर्ने भन्ने थियो । दोस्रो, नेपाल विद्युत् प्राधिकरणका आयोजना जस्तै सरकारको पूर्ण लगानीमा प्राधिकरणमार्फत नै निर्माण गर्ने र तेस्रो विकल्प प्रतिस्पर्धामार्फत ईपीसीएफमा गर्न सकिने विकल्प थियो । ईपीसीएफ मोडलमा निर्माण गर्ने विकल्प लगभग अन्त्य भएको ऊर्जामन्त्री पुनले बताए ।

‘गेजुवालाई नै यो मोडलमा निर्माण गर भनेको हो । सफल भएन,’ उनले भने, ‘यो मोडलमा अर्थले बनाउन नसकिने जनायो । ईपीसीएफसँग सम्बन्धित कानुन पनि नभएकाले अब यो मोडलमा जान सकिँदैन ।’ वाग्ले प्रतिवेदनले तीन वटामध्ये पहिलो विकल्प र स्वदेशी स्रोतलाई नै जोड दिन सुझाएको छ । त्यसले लगानीको स्रोतसमेत जुटाउने क्षेत्रहरू देखाएको छ । प्रतिवेदनअनुसार नियमित बजेट र पेट्रोलियम इन्धनमा लिइएको करसमेत गरी १ खर्ब ४० अर्बदेखि १ खर्ब ६० अर्ब रुपैयाँसम्म जुटाउन सकिनेछ ।

प्राधिकरणका आयोजनाहरूको लगानी फिर्ता रकमबाट १० अर्बदेखि २० अर्बसम्म लगानी जुट्नेछ । कर्मचारी सञ्चय कोषबाट ३० देखि ५० अर्ब, नागरिक लगानी कोषबाट ३० देखि ४० अर्ब, नेपाल टेलिकमबाट १५ देखि २० अर्ब, राष्ट्रिय बिमा संस्थान र बिमा कम्पनीहरूबाट १० देखि २० अर्ब, जलविद्युत् विकास कम्पनीबाट १० देखि १५ अर्ब, माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट ७ देखि १० अर्ब, चिलिमे जलविद्युत्बाट ३ देखि ५ अर्ब, नेपाली सेना र नेपाल प्रहरीबाट ५ देखि ७ अर्ब र रेमिट्यान्ससहित सर्वसाधारणबाट १० देखि २० अर्ब रुपैयाँसम्म उठ्न सक्ने प्रतिवेदनमा उल्लेख छ । उक्त स्रोतबाट निर्माण अवधिमा २ खर्ब ७० अर्बदेखि ३ खर्ब ६७ अर्ब रुपैयाँसम्म उठ्ने अनुमान छ ।

ईपीसीएफ मोडलमा बूढीगण्डकी बनाउन नसकिने निश्चित भएको योजना आयोगका पूर्वउपाध्यक्ष वाग्लेको भनाइ छ । ‘हामीले त्यतिबेला ईपीसीएफमा पनि बनाउन सकिने विकल्प दिएका थियौं,’ उनले भने, ‘चर्को ब्याजको ऋण लिएर, स्थानीयसँग डिल गरेर एउटा निजी कम्पनीले निर्माण गर्न नसक्ने देखियो । अहिले त झन् विवादित बनेपछि ईपीसीएफको विकल्प उपयुक्त देखिएन ।’ दोस्रो विकल्प ऋण लिएर बनाए हुन्छ भन्ने थियो । ‘कोभिड–१९ को परिस्थितिपछि धेरै ऋण लिन सक्ने वातावरण भएन । संघीयता र कोभिड–१९ पछिको परिस्थितिलाई वित्तीय चाप पर्दै छ,’ उनले भने, ‘त्यसकारण यो विकल्प पनि उपयुक्त हुँदैन ।’ अब प्रतिवेदनमा उल्लेख गरेअनुसारको पहिलो विकल्पमा नै निर्माण गर्दा उपयुक्त हुने उनको धारणा छ । ‘यो बहुउद्देश्यीय र जलाशययुक्त आयोजना भएकाले निर्माणका लागि निजी क्षेत्र आउँदैन । ६२ अर्ब रुपैयाँ त मुआब्जा नै दिनुपर्छ । यति धेरै लगानी गरेर निजी क्षेत्रले नाफा कमाउन सक्दैन,’ उनले भने, ‘सरकारले नै लगानी गरेर बनाउनुपर्छ ।’
लोकेसन, ऊर्जा सुरक्षादेखि प्रसारण लाइन बनाउनु नपर्नेलगायत धेरै हिसाबले यो आयोजना रणनीतिक महत्त्वको रहेकाले पनि सरकारले नै बनाउनुपर्ने वाग्लेको धारणा छ । ‘तर ९४ अर्ब रुपैयाँ जति बजेट न्यून परिपूरक कोष (भायबिलिटी ग्याप फन्डिङ–भिजेएफ) का रूपमा सरकारले दिनुपर्छ, जुन इन्धनबाट उठाइएको रकमबाटै पुग्छ,’ उनले भने, ‘बाँकी रकम हामीले सुझाव दिएको पहिलो विकल्पको संस्थागत बचतकर्ताबाट जुटाउन सकिन्छ ।’ ऊर्जामन्त्री पुनले भीजेएफका विषयमा छलफल भइरहेको बताए । सरकारले बूढीगण्डकी निर्माण शीर्षकमा २०७२/७३ सालबाट इन्धनमा प्रतिलिटर पाँच रुपैयाँका दरले कर उठाउँदै आएको छ । २०७४/७५ बाट पूर्वाधार कर नाम दिइएको यो शीर्षकमा करिब ४६ अर्ब रुपैयाँ संकलन भइसकेको छ । बूढीगण्डकीका लागि सरकारले आर्थिक वर्ष २०७५/७६ मा ९ करोड ७८ लाख र आर्थिक वर्ष २०७६/७७ मा ५ करोड ५७ लाख ४९ हजार खर्च गरेको थियो । यो आर्थिक वर्षमा भने आयोजनाका लागि ८ करोड रुपैयाँ विनियोजन गरिएको छ ।  कान्तिपुर दैनिकमा कृष्ण आचार्य र विजय तिमल्सिनाले खबर लेखेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x