माघ २२, २०८०
सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले त्यहाँ आवश्यक प्राविधिक तयारी ...
नेपालमा हालसम्म ८० वर्ष नाघेका २५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये २ जनाको मृत्यु भएको छ। यो ८ प्रतिशत हो। यस्तै, १० वर्षमुनिका ८ सय ५५ जना संक्रमित पाइएका छन्। तीमध्ये ३ जना (०.३५ प्रतिशत)को मृत्यु भएको छ।
‘विश्वव्यापी प्यारामिटरमा हेर्दा बालबालिका मृत्युको यो दर निकै ठूलो हो। कोरोनाले बालबालिकालाई केही असर गर्दैन भन्ने सन्देश सुरुआती दिनमा गयो। त्यो सच्चिनुपर्छ’, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जनस्वास्थ्यविज्ञ डा. सुरेश तिवारीले भने, ‘बालबालिकालाई सुरक्षित राख्न अभिभावकीय कर्तव्य हुनुपर्छ। जनस्वास्थ्यका दृष्टिले यो विशेष सन्देश हो।’
वृद्धवृद्धामा भने रोग प्रतिरोधात्मक क्षमता नै न्यून हुन्छ। ‘संख्यात्मक हिसाबले २ जनाको मृत्यु भए पनि अन्य उमेरसमूहभन्दा यो उच्च मृत्युदर हो। ६० वर्षभन्दा माथिका व्यक्तिको स्वास्थ्यलाई ख्याल गर्दा मानवअधिकारभन्दा पनि जनस्वास्थ्य अधिकारका दृष्टिले पनि हेरिनुपर्छ’, डा. तिवारीले भने, ‘यो उमेरसमूहमा मृत्युदर अधिक छ। सरकार र नागरिकले विशेष रूपमा ध्यान दिन जरुरी छ।’ लक्षणसहितको संक्रमितबाट वृद्धवृद्धामा रोग स¥यो भने त्यसले मृत्युदर अझ बढाउने उनको भनाइ छ।
६१ वर्षमाथिको समूहमा संक्रमण न्यून देखिन्छ। तर, मृत्युदर बढी छ। ६१ देखि ७० वर्ष समूहमा ११ जनाको ज्यान गएको छ। यो समूहमा ३ सय १० जना संक्रमित छन्। यो झन्डै ३.२३ प्रतिशत हो। ७१ देखि ८० वर्षसम्मका ५ जनाको मृत्यु भएको छ। यो उमेर समूहमा ९४ जना संक्रमित छन्। मृत्युदर ३.१९ प्रतिशत हो।
संक्रमितको संख्याका दृष्टिले ६० भन्दा कम उमेर समूहका व्यक्ति धेरै छन्। डा. तिवारीका अनुसार चलायमान उमेर समूहका व्यक्तिलाई कोरोना संक्रमण बढी देखिएको हो। यो समूहका व्यक्ति चलायमान हुने हुँदा संक्रमण र मृत्यु संख्यात्मक रूपमा बढी देखिएको उनको भनाइ छ।
२१ देखि ३० वर्षसम्मका झन्डै ९ हजार संक्रमित छन्। यीमध्ये ७ जना (०.०८ प्रतिशत)को ज्यान गएको छ। यसैगरी ३१ देखि ४० वर्षसम्मका ५ हजार संक्रमित छन्। यीमध्ये ६ जना (०.१२ प्रतिशत)को मृत्यु भएको छ। ४१ देखि ५० वर्षसम्मका संक्रमितमध्ये १८ जना (०.६२)को ज्यान गएको छ। यो समूहका संक्रमितको संख्या २ हजार २ सय ६४ छ। ५१ देखि ६० वर्ष उमेर समूहमा ११ जनाको मृत्यु भएको छ। यो समूहमा ८ सय ७९ जना संक्रमित छन्। यो मृत्युदर १.२५ प्रतिशत हो। ११ देखि २० वर्षसम्मका ३ हजार २ सय ३९ संक्रमित छन्। यीमध्ये २ जना (०.०३ प्रतिशत)को ज्यान गएको छ।
कोरोना समुदायमा फैलिएको अवस्थामा स्थिति भयावह हुने विज्ञको भनाइ छ। जनस्वास्थ्यविद् डा. समीरमणि दीक्षितका अनुसार कोरोना संक्रमण समुदायको तहमा फैलिसकेको छैन। ‘अहिलेको संक्रमण केही केही ठाउँमा फैलिएको हो, जुन क्षेत्रका रूपमा देखिएको छ’, डा. दीक्षितले भने।
नेपालमा संक्रमणको पछिल्लो अवस्थालाई विश्वका अन्य मुलुकसँग तुलना गर्दा मृत्युदर न्यून छ। हालसम्म २१ हजार ७ सय ५० जनामा संक्रमण भइसकेको छ। जसमध्ये ६५ जनाको ज्यान गएको छ। यो ०.३ प्रतिशत हो। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार प्रति १० लाख जनसंख्यामा मृत्यु २.२३ प्रतिशत छ। कोरोनाबाट मुक्त हुनेको दर भने ७०.५७ प्रतिशत छ।
डा. तिवारीका अनुसार वृद्धवृद्धामा कोरोना संक्रमण भएको अवस्थामा यसले धेरैको ज्यान लिन सक्छ। ‘छिमेकी मुलुक र विश्वको परिवेशमा तुलना गर्दा नेपालको मृत्युदर कम देखिन्छ। तर, नेपालकै तथ्यांक हेर्ने हो भने ६० वर्षमाथिका वृद्धवृद्धामा ध्यान दिनुपर्ने जरुरी छ। सबै उमेरसमूहमा संक्रमण भए पनि बालबालिकालाई अझ बढी ध्यान दिनुपर्ने अवस्था देखिएको छ’, उनले भने।
दीर्घरोगको मार
चिकित्सकका अनुसार दीर्घ रोगबाट ग्रसित भई औषधि सेवन गरिरहेका धेरै व्यक्तिको कोरोनाबाट ज्यान गएको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने, ‘निमोनिया,मधुमेह, उच्च रक्तचाप, क्यान्सर, मिर्गौलाका बिरामी भई उपचार गरिरहेका व्यक्तिको बढी मृत्यु भएको छ।’
इपिडिमिलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले निमोनिया, मधुमेह, मुटु, क्षयरोग, मिर्गौला, क्यान्सर, क्षयरोग,दमका बिरामीको मृत्यु भएको जानकारी दिए। यीमध्ये पनि अधिकांश मिर्गौलाका बिरामी छन्। दोस्रोमा निमोनिया, तेस्रोमा मधुमेहका बिरामी छन्। त्यस्तै,मुटु, क्षयरोग र क्यान्सरका बिरामीको पनि मृत्यु भएको छ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डा. सागरकुमार राजभण्डारीले धेरैजसो कोमर्बिडिटीका बिरामी मृत्युको मुखमा पुग्ने गरेको बताए।फोक्सोको समस्या भएका, ट्युमर भएका, अंग प्रत्यारोपण गरेका व्यक्ति पनि कोरोना संक्रमणको जोखिममा छन्। यस्ता व्यक्तिको मृत्युदर हुन सक्ने सम्भावना रहन्छ। डा. राजभण्डारीले भने, ‘जोसँग रोगविरुद्ध लड्ने क्षमता हुँदैन। त्यस्ता व्यक्तिहरू जोखिम समूहमा पर्छन्।’
उनका अनुसार झाडाबान्ता भएका व्यक्तिले पनि कोरोनाका कारण ज्यान गुमाएका छन्। ‘संक्रमितमा झाडाबान्ता भएको छ भने पनि सजग हुनुपर्छ। मिर्गौला बिग्रेर भएर मर्न सक्छन्’, उनले भने। बाँकेको क्वारेन्टाइनमा ज्यान गुमाएका युवामा लामो समय झाडाबान्ताको समस्या भएको थियो। उपचार अभावमा उनको ज्यान गएको थियो।
डा. गौतमले भने, ‘सावधानी अपनाउने जिम्मेवारी आफ्नै हो। अत्यावश्यक काम नभई घरबाहिर ननिस्कौं। एक व्यक्तिको मुखबाट निस्कने छिटा अर्कोमा पर्न सक्छ। कुराकानी पनि मास्कभित्रबाटै गरौं। मास्कलाई दैनिक अनिवार्य चाहिने सूचीमा राखौं। ’
पूर्वाधार अभाव
पछिल्लो समय काठमाडौंमा संक्रमणदर बढेको मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा काठमाडौंमा एकैदिन ८७ जनामा संक्रमण पाइएको छ। ‘काठमाडौं उपत्यकालगायत घना बस्तीमा संक्रमणमा वृद्धि भइरहेकाले अस्पतालका बेड, उपकरण र स्वास्थ्यकर्मीको अभाव हुने सम्भावना छ’, डा. गौतमले भने।
कोरोनाको उपचार पत्ता नलागेकाले औषधि, अक्सिजन र भेन्टिलेटरले सहयोग मात्र गर्ने उनको भनाइ छ। ‘संक्रमण बढ्दै गए अस्पतालले धान्न सक्दैन। स्वास्थ्यकर्मी पनि अपुग हुन सक्छन्’, उनले भने। अन्नपूूर्ण पोस्टमा दिनेश गौतमले खबर लेखेका छन् ।
सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले त्यहाँ आवश्यक प्राविधिक तयारी ...
अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...
कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान सुरु गरेको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...
बुटवल, १५ फागुन- भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...
विशेष आर्थिक क्षेत्र (सेज)भित्र मदिरा, सुर्तीजन्य र विस्फोटक पदार्थ उत्पादन गर्ने उद्योग स्थापना गर्न नपाइने भएको छ। विश...
सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...