बलिउडमा अर्को आत्महत्या

एकपछि अर्को आत्महत्याको खबरले बलिउड इन्डस्ट्री तातिरहन्छ। करिब दुई महिनाअघि बलिउड नायक सुशान्त सिंह राजपुतले आत्महत्या गरेपछि अहिलेसम्म पनि उक्त विषयको समाचारले सनसनी मच्चाइरहेको छ।  यस्तै बुधबार राति टीभी अभिनेता समीर शर्माले पनि आत्महत्या गरेका छन्। ‘

ये रिस्ता हे प्यार के’, ‘कहानी घर घर की’, ‘ज्योति’, ‘लेफ्ट राइट लेफ्ट’लगायतका सिरियलमा अभिनय गरेका समीर मुम्बईस्थित आफ्नै घरमा मृत भेटिएका हुन्। ४४ वर्षीय समीर बुधबार राति मलाड पश्चिममा रहेको नहा सीएचएस बिल्डिङमा झुन्डिएको अवस्थामा फेला परेका थिए। मुम्बई पुलिसका अनुसार समीरले गत फेबु्रअरीमा अपार्टमेन्ट भाडामा लिएका थिए। 


Advertisement

उनको शव हेर्दा दुई दिनअघि नै आत्महत्या भएको आशंका गरिएको छ। आत्महत्या गर्नुअघि उनले कुनै पनि सुसाइड नोट छाडेका छैनन्।  समीरले ‘दिल क्या चाहता हे’ सिरियलबाट डेब्यु गरेका थिए।  अन्नपूर्ण पोस्टमा खबर छ ।


Advertisement

छापाबाट
छापाबाट

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्