पहिरोले अबरुद्ध पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा

सांकेतिक तस्वीर

पहिरोका कारण अवरुद्ध नौबिसे–मुग्लिन सडक एकतर्फी सञ्चालनमा आएको छ ।

यस सडकखण्डअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० तिग्राङ खानीमा अविरल वर्षासँगै गए राति ११  बजे पहिरो खस्दा पूर्णरूपमा सडक अवरुद्ध भएको थियो ।   


Advertisement

पहिरो हटाइ आज बिहान ९ बजेबाट एकतर्फी सडक सञ्चालनमा ल्याइएको प्रहरी चौकी मझिमटार धादिङका प्रहरी सहायक निरीक्षक रामु पुरीले जानकारी दिए ।

थप पहिरो नखसे दुईदेखि तीन घण्टाभित्र पहिरो पूर्णरूपमा हटाई  दुईतर्फी यातायात सञ्चालन गरिने उनले बताए ।


Advertisement

सडक अवरुद्ध भएपछि काठमाडौंतर्फ धादिङको चरौदीँ र चितवनतर्फ इच्छाकामना–३ फिस्लिङसम्म सवारी जाम हुन पुगेका थियो ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्