×

NMB BANK
NIC ASIA

कर्णालीको विकट जिल्लाको पहिचान बनाइएको हुम्ला जिल्लामा पहिलो पटक जाने अवसर मिल्यो । प्राकृतिक श्रोत र साधनमा धनी कर्णालीको उच्च हिमाली जिल्ला हुम्लामा जान पाउनु मेरो लागि अत्यन्तै अवसर थियो ।

Muktinath Bank

साउन महिनाको १५ गते खीर खाने दिन थियो । कर्णाली प्रदेश सभामा सभामुख राजबहादुर शाही, प्रदेश सभा सचिव जीवराज बुढाथोकी, संसद सहयोग परियोजना कर्णाली प्रदेशका संयोजक क्यारिना श्रेष्ठलगायतसँग खीर खाएर साउन १५  मनाउने योजना थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

खीर खाने योजना बनिरहेको समयमा राष्ट्रिय वाणिज्य बैंक प्रदेश कार्यालयका प्रमुखको सभामुख शाहीको कार्यकक्षमा आगमन भयो ।


Advertisment
Nabil box
Kumari

त्यहाँ उनले सभामुख शाही र सचिव बुढाथोकीसँग कुराकानी गरिरहेका थिए ।

Vianet communication
Laxmi Bank

सोही समयमा पत्रकार तिलक पौडेलको फोन आयो । उक्त फोन उठाउने बित्तिकै मलाई हुम्ला जानुस भन्ने अफर आयो ।

मलाई लाग्यो यहाँ बसेर खीर खानुभन्दा उच्च हिमाली जिल्लामा जान पाउनु मेरो लागि अहोभाग्य हो । यही ठानेर मैले तत्काल जाने निर्णय गरें ।

उनले आफ्नो मोटरसाईकल लिएर आए । उनको मोटरसाईकलमा बसेर सुर्खेत एअरर्पोटमा पुगियो ।

एअरपोर्टमा प्रदेश सरकारका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा, डिभिजन वन कार्यालय हुम्लाका प्रमुख निरज झा, मन्त्रीका स्वकिय सचिव सुरेश बुढा, मन्त्री बुढाका अंगरक्षकलगायत पर्खिरहेका थिए ।

उहाँहरुसँग कुराकानी भइरहेको बीचमा सिता एअरको विमान एअरपोर्टमा आयो । कर्णालीको विमानस्थलबाट कर्णालीमा जाने पहिलो अवसरलाई म राम्रोसँग नियाल्न, महसुस गर्न चाहन्थें । झ्याल तिर त्यो पनि विमानको इन्जिनलाई छेकेर बस्ने सिटको खोजी गर्दै बसें । विमान उड्यो ।

काँक्रेविहार हुँदै विमान उड्यो । दैलेखको तल्लो डुंगेश्वर हुँदै उक्त जहाज मेरो जन्मभूमि आठबीसको सिमाना हुँदै उड्ने रहेछ । त्यसरी जाँदा जहाजलाई सिमिकोट पुग्न ३३ मिनेट लाग्यो ।

जहाज सिमिकोटमा पुगेपछि त्यहाँ प्रमुख जिल्ला अधिकारी, प्रहरी डिएसपी, नेकपाका नेता तथा कार्यकर्ताहरु, वन डिभिजन, घरेलु कार्यालयलगायतका कर्मचारीहरुले भव्य स्वागत गरे ।

सिमिकोटमा रहेको तिब्बतियन होटेलमा नास्ता खाने काम भयो । नास्तामा दुईतिर रोटी र बीचमा अम्लेट राखेर दिने चलन रहेछ । पिरो खानेहरुका लागि पाकेको रातो खुर्सानीको गिलो अचार दिइने रहेछ ।

एक त सुर्खेतबाट २९ सय मिटरको उचाईमा पहिलोपटक पुगेको, त्यसैमा पातलो कमिज लगाएर हिडेको पहाडिया म । जाडोले कठ्यांग्रिने अवस्था आयो । त्यसपछि त्यहाँ एक ज्याकेट खरिद गरियो ।

साँझ ६ बजिसकेको थियो । ६ बजेपछि हामी गेट वे अफ कैलाश होम स्टेमा बस्ने कार्यक्रम थियो । म हुम्ला पुग्ने बित्तिकै नेपाल टेलिभिजनका हुम्ला सम्वाददाता नरजङ्ग तामाङलाई फोन गरें । उनी आफ्नो छोरासँगै त्यहि होटलमा भेटन आउनु भयो । अर्का पत्रकार नवराज महतारा पहिले नै त्यहाँ आइसकेका थिए ।

सिमिकोटमा निजी क्षेत्रबाट सञ्चालित सात वटा जीप रहेछन् । ती जीपहरु जहाजमार्फत नै ल्याइएका रहेछन् । सरकारी एक वटामात्रै जीप रहेछ हुम्लामा । तर डोजर भने दर्जन भन्दा पनि धेरै रहेछन् ।

हामी करिब बजे गेट वे कैलाश होम स्टे तर्फ लाग्यौं । हामीले सिमिकोटबाट उकालो यात्रा तय गर्नुथियो । म मेरा नजरले हुम्लाका हरेक दृश्य नियाल्न चाहन्थें, नियालिरहें । गाडी सिमिकोटको सिरान हुँदै तेश्रो लाग्यो ।

बाक्लो हुस्सु लागेका कारण सिमिकोट बजार देख्न उतिबेला पाइएन । हिल्सा जाने सडकमा जीपको यात्रा गर्दा मलाई दैलेखमै यात्रा गरिरहे जस्तो भान भयो ।

वस, फरक यति थियो त्यहाँ असाध्यै जाडो त थियो नै बाक्ला घरहरुको दृश्य, स्याउका बगैंचाहरु थिए ।

 बाहिर सिमसिम पानी परिरहेको थियो । सिमिकोट ७ को ओख्रेनी डाँडाफया हामी राती साढे आठ बजे पुग्यौं ।

स्थानीयले बाजागाजा बजाउँदै, फुलमाला र टीकाले हामीलाई स्वागत गरे । पहिलो राती हामी त्यहि सुत्यौं

विहानपल्ट त्यहाँ विभिन्न थरिका परिकारहरु खाइयो ।

मन्त्री बुढाले होम स्टे र संग्राहलयको उद्घााटन गरे । संग्राहलयमा त्यहाँका मौलिक कला संस्कृति झल्कने सामग्रीहरु राखिएको थियो ।

दिउँसो तीन बजे हामी त्यहाँबाट फर्कियौं । त्यहाँबाट वडा नं. चारमा रहेको लामा जातीको बाहुल्यता रहेको पारींखर होम स्टेको अवलोकन गर्न पुग्यौं ।

काँसाको कचौरामा तीन स्थानमा घ्यू लगाएर त्यमाथि उवाको छ्यांग राखेर आएका पाहुनालाई स्वागत गर्ने हाम्रो चलन हो । यहाँ आएका पाहुनाले यो अनिवार्य रुपमा सेवन गर्नैपर्छ । नगरे अपमान गरेको महसुस हुन्छ,’ स्थानीय छिरिङ लामाले पंक्तिकारसँग भने ।

त्यहाँ लामा जातीको प्रचलन पहिले गाइबस्तु बाँधिएको स्थानबाट मात्रै माथिल्लो तलामा जाने प्रचलन रहेछ । ‘प्रदेश सरकारका कारण हामीले त्यो पुरानो प्रचलनलाई अलिकति सुधार गर्‍यौं । अहिले माथिल्लो तलामा जानको लागि बैकल्पिक व्यवस्था गरेका छौं,’ उनी भन्छन् ।

हामी त्यहाँ लामा जातीको झाँकी हेर्न व्यस्त भयौं । त्यसपछि दोस्रो दिनको कार्यक्रम सकेर हामी फेरि सिमकोट आयौं ।

तेश्रो दिनको कार्यक्रम अनुसार हामी ठेहे भन्ने स्थानमा रामपाल देवताको मन्दिरमा बनाइएको सिंढी अवलोकन गर्ने र त्यहाँबाट रलिङ गुम्वाको अवलोकन गर्न जाने कार्यक्रम थियो ।

 ठेहेवासीको आत्मीय स्वागत पश्चात त्यहाँ खाना खाने काम भयो अनि टोली लाग्यो चार हजार मिटरको उचाईमा रहेको रलिङ गुम्वातर्फ । तर म भने स्थानीय बखतबहादुर विष्टको साथमा गएँ ।

टोली रलिङमा बास बस्यो भने म लोमान्टाङमा सिमिकोट गाउँपालिकाका कार्यपालिका सदस्य नाम्साल लामाको घरमा बास बसें

चौथो दिनको बिहानै हामी तीन जना रलिङ तर्फ लाग्यौं ।

बखत र नाम्सालले बाटोमा धेरै जडिबुटी चिनाए । म चाख लिएर हेर्न र उनका कुरा सुन्नमै व्यस्त थिएँ ।

बिहान पाँच बजे हामी घरबाट हिडेका थियौं । पुरी र आलुको तरकारी खाँदै बाटोमा गफिंदै उकालो बाटो लाग्यौं । ३२ सय मिटरको उचाईमा पुगेपछि मेरो दम फूल्यो मुटु नै बाहिर आउला जस्तो भयो । उकालो त्यति खतरनाक नभएपनि मेरो स्वास फुलेको थियो । ‘तपाई धेरै उचाईमा यात्रा गरिरहेका कारण लेक लागेको हुनसक्छ । त्यसैले तपाईलाई छिट्टै थकान महसुस भएको हो,’ बखतले भन्नु भयो । 

हामी करिब साढे २ घण्टाको उकालो यात्रा पश्चात हामी रलिङ पुग्यौं । रलिङ गुम्वा पुग्नुभन्दा अगाडि पर्यटन मन्त्रालयको ६१ लाखको लागतमा बनेको हेर्दा चीनको ग्रेटवाल जस्तै देखिन्थ्यो । दुवैतीर ढुंगामा बडो मेहनतका साथ कुँदिएका मुर्ति देख्दा मलाई सुर्खेतको काँक्रेविहारको याद आयो । सातौं शताव्दीमा स्थापना भएको उक्त गुम्वा हिन्दु र वौद्ध धर्म मान्नेहरुको लागि तीर्थ नै रहेछ । 

‘सातौं शताव्दीमा लामा गुरु जिजुम मिला राईवा अर्थात मिला राइवा बाहिरबाट आई यो गुम्वा स्थापना भएको किवंदन्ती छ । यसलाई दोश्रो कैलाशको अर्थमा लिइन्छ,’ २ हजार ढुंगामा मुर्ति कुँदिरहेका लामा गुरु छम्बेल दर्जे लामा भन्छन्, ‘यहाँ ताम्रा पत्र पनि थियो त्यो ताम्रा पत्र चोरी भइसकेको छ । त्यो ताम पत्र पुरातत्व विभाग काठमाडौंमा रहेको सुन्नमा आएको छ ।’ उनका अनुसार यहाँ एक पटक जो व्यक्ति आउँछ उसको सबै पाप पखालिन्छ ।

खैर, त्यो दिन मलाई स्वर्गमा पुगेको महसुस भयो । त्यसपछि हामी लोमाान्टाङ हुँदै सिमिकोट आयौं । भोलिपल्ट अर्थात पाँचौं दिनमा जहाज चढेर सुर्खेत आयौं । मलाई त्यहाँ रहुञ्जेल दर्जनभन्दा बढीले आत्मियता देखाए । पूर्ण रावल, नेकपाका जिल्ला इन्चार्ज, डिभिजन वन कार्यालय हुम्लाका प्रमुख नीरज झा र उनको टिमले भरपुर सहयोग गर्‍यो । उहाँहरु सबैको सहयोगले हुम्लालाई स्वर्गको रुपमा देख्न पाइयो ।

हुम्ला आफैंमा स्वर्ग रहेछ । हुम्लावासीको माया र सम्मानको त कुरा गरेर साध्य नै छैन । त्यहाँको कला, साहित्य र संस्कारले मन यति लोभ्यायो कि यो लेख लेख्न बाध्य बनायो ।

अन्त्यमा हुम्लाका सामाजिक विकास मन्त्री दल रावल र उनका स्वकीय सचिव नन्द रोकायाले बारम्बार फोन गरेर हुम्लाका बारेमा जानकारी दिनु भएकोमा हार्दिक आभार  ।

 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x