×

NMB BANK
NIC ASIA

निषेधाज्ञा अटेर गर्ने कारवाहीमा

साउन २३, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाल–भारत सीमा नाका जोडिएको बाँकेमा निषेधाज्ञा उल्लङ्घन गर्ने करीब २०० जनालाई नियन्त्रणमा लिएर कारवाही गरिएको छ ।

Muktinath Bank

बाँकेमा कोरोना सङ्क्रमितको सङ्ख्या बढेपछि जिल्लामा जारी गरिएको निषेधाज्ञा कार्यान्वयन गराउन बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ र जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर राना आफैं फिल्डमै खटेर आदेश अवज्ञा गर्नेलाई कारवाही गर्न थालेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसक्रममा शुक्रवार बिहानदेखि निषेधाज्ञाको उल्लङ्घन गर्नेलाई नियन्त्रणमा लिएर नेपालगञ्जको विभिन्न स्थानमा होल्डिङ गरी राखिएको छ । केहीलाई क्वारेन्टीन पठाइएको प्रहरी प्रमुख रानाले जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

निषेधाज्ञाको अटेरी गर्ने पसल खोल्ने, अटो, रिक्सा सञ्चालन गर्नेलाई नियन्त्रणमा लिएर सङ्क्रमण रोग नियमन उल्लङ्घन ऐनअन्तर्गत रु १०० जरिवाना लिएर छाडिएको छ । 
 
कोरोना संक्रमित पाँच सय 

Vianet communication
Laxmi Bank

नेपाल–भारत सीमा नाका जोडिएको यस जिल्लामा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ५०० नाघेको छ । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अनुसार बाँके जिल्लाका ४९८ र अन्य जिल्ला घर भई बाँकेमा कार्यरत चारसहित जिल्लाभित्र सङ्क्रमित हुनेको सङ्ख्या ५०२ पुगेको जानकारी दिइएको छ ।

तीमध्ये विभिन्न क्वारेन्टिनमा २१३ रहेका छन् । दुई जनाको ज्यान गइसकेको छ । तीन सय ९८ जना कोरोनामुक्त भई घर गएका छन् । अब विभिन्न आइसोलेसन सेन्टरमा जिल्लाका ९८ र अन्य जिल्लाका चार गरी १०२ जना उपचाररत रहेको  जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले बताए ।
 
स्वास्थ्य कार्यालय बाँकेका अनुसार आइसोलेसन सेन्टर आदर्शनगर नेपालगञ्जबाट नेपालगञ्ज–११ र १२ का ४० र १८ वर्षीय दुई पुरुष र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराबाट कोहलपुर–९ का २१ र २७ वर्षीया दुई महिला कोरोनामुक्त घर जान लागेको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x