राष्ट्रिय सभाका चारवटै समितिका सभापति निर्विरोध निर्वाचित

राष्ट्रिय सभाको चारवटै विषयगत समितिका सभापतिहरू निर्विरोध निर्वाचित भएका छन् ।

बिहीवार भएको उम्मेदवारी मनोनयनमा चारै समितिमा एकल उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित भएको घोषणा शुक्रवार गरिएको हो ।


Advertisement

निर्वाचनबाट प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति सभापतिमा रामनारायण बिडारी, राष्ट्रिय सरोकार तथा समन्वय समिति सभापतिमा दिलकुमारी रावल थापा 'पार्वती', विधायन व्यवस्थापन समिति सभापतिमा परशुराम मेघी गुरुङ र दिगो विकास तथा सुशासन समिति सभापतिमा तारादेवी भट्ट निर्वाचित भएको संघीय संसद् सचिवालयले जनाएको छ ।

चारै सभापति यसअघिकै दोहोरिएका हुन् । बिडारी, रावल र गुरुङ नेकपा तथा भट्ट कांग्रेसबाट प्रतिनिधित्व गर्छन् ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्