×

NMB BANK
NIC ASIA

वामदेव गौतमको स्पष्टीकरण– 'दुवै अध्यक्षले बोलाउँदा भेट्ने गरेको छु, तर कुनै गुटमा छैन'

साउन २३, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

नेकपा उपाध्यक्ष वामदेव गौतमले नेकपाभित्रको तीनवटा विचार समूहमध्ये आफू कुनै पनि गुटमा नरहेको स्पष्टीकरण दिएका छन् ।

Muktinath Bank

दुवै अध्यक्षले भेट्न बोलाउँदा जाने गरेको र उनीहरूलाई सुझाव दिने गरेको उनले उल्लेख गरेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उपाध्यक्ष गौतमका स्वकीय सचिव दीपक टमाटाले शुक्रवार सामाजिक सञ्जाल फेसबूकमा गौतमको सन्देश लेख्दै गौतमले आफूलाई स्वतन्त्र राख्ने कोशिश गरेको उल्लेख गरेका हुन् ।


Advertisment
Nabil box
Kumari

‘पार्टी अध्यक्ष भनेको केबल व्यक्ति मात्र हुँदैन, त्यो पार्टीभित्रको सर्वस्वीकार्य संस्था हो, त्यसै कारण पार्टी अध्यक्षहरू दुवै वा एक्लै उहाँहरूले बोलाउँदा मैले भेट्ने गरेको छु । मैले समय–समयमा भेट गरेका बेला क. ओलीकै अगाडि उहाँलाई गम्भीर आलोचना गर्ने गरेको छु । क. प्रचन्डलाई पनि उहाँकै अगाडि आलोचना गर्ने गरेको छु,’ गौतमले भनेका छन्, ‘पार्टी अध्यक्ष दुवै वा एक्लैले बोलाएको बैठक वा भेलालाई मैले गुट मान्दिनँ । त्यसो भएर मलाई यो वा त्यो गुटसँग सम्बन्धित गराएर उल्लेख नगरिदिन अनुरोध गर्छु ।'

Vianet communication
Laxmi Bank

उपाध्यक्ष गौतमले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत सुशील भट्टको नियुक्तिमा आफ्नो नाम जोडेर प्रचार गरिएकोमा पनि असहमति जनाएका छन् । 

हेर्नुहोस्, गौतमको खण्डन :

गलत मिडियाबाजीको खण्डन

१. लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका सुशील भट्टलाई उक्त जिम्मेवारीका निम्ति मैले प्रधानमन्त्री समक्ष सिफारिस गरेको र मेरै जोडमा उनी नियुक्त भएका हुन् भन्ने कपोलकल्पित तथा भ्रामक खबर सर्वत्र व्याप्त पारिएको छ । तर, सुशील भट्ट वा कुनै पनि व्यक्तिको नियुक्तिका निम्ति मैले प्रधानमन्त्री वा कोही व्यक्तिसँग पनि केही भनेको छैन । यो मेरो सरोकार भन्दा बाहिरको विषय हो ।

२. अहिले हाम्रो पार्टीभित्र देखापरेका अन्तरविरोध हल हुन नसक्दा तीन वटा विचार समुह बनेका छन् । यी समुह संग क.केपी ओली, क.पुष्पकमल दाहाल ‘प्रचण्ड’ र क.माधवकुमार नेपाल जोडिनु भएको छ। म समूहगत रूपमा यी कसै संग जोडिएको छैन र जोडिन पनि चाहन्न। तर क ओली र क प्रचण्ड ले भेट्न बोलाउँदा म जाने गरेको छु। सल्लाह सुझाव र राय पनि दिने गरेको छु। मैले आफुलाई स्वतन्त्र राख्ने कोशिश पनि गरेको छु पछिल्लो मैले पार्टीमा राखेको ६ बुँदे प्रस्ताव त्यसकै एउटा उदाहरण हो।

३. ‘पार्टी अध्यक्ष’ भनेको केवल व्यक्तिमात्र हुँदैन, त्यो पार्टीभित्रको सर्वस्वीकार्य संस्था हो । त्यसै कारण पार्टी अध्यक्षहरू दुवै वा एक्लै उहाँहरूले बोलाउँदा मैले भेट्ने गरेको छु। मैले समय–समयमा भेट गरेको वेला क. ओलीकै अगाडि उहाँलाई गम्भीर आलोचना गर्ने गरेको छु। क . प्रचण्डलाई पनि उहाँकै अगाडि उहाँको आलोचना गर्ने गरेको छु। पार्टी अध्यक्ष दुवै वा एक्लै बोलाएको बैठक वा भेलालाई मैले गुट मान्दैन । त्यसो भएर मलाई यो वा त्यो गुटसँग सम्बन्धित गराएर उल्लेख नगरिदिन अनुरोध गर्छु।

वामदेव गौतम

उपाध्यक्ष, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)

 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x