भारतमा चिनियाँ सामान बहिष्कारको गफ

चीनमा बनेका सामानका विरुद्ध भारतमा महिनौंदेखि प्रदर्शन भए पनि भारतको अन्लाइन सेल सीजनमा चिनियाँ स्मार्टफोनहरूको राम्रो बिक्री भएको छ । 

बिहीवार शुरू भएको सेलमा रेडमी, ओप्पो, भिभो, वान प्सल र आईक्यूओओ फोनहरू अमेजन इन्डिया र फ्लिपकार्टमा बेच्न राखिएका छन् । 
 


Advertisement

अमेजनको प्राइम डे सेल यस वर्ष दुई दिनका लागि भइरहेको छ भने फ्लिपकार्टको बिग सेभिङ डेज अगस्ट १० सम्म रहनेछ । 

एक महिनाभन्दा बढी समयदेखि भारतमा चीनविरोधी भावना उकासिँदो छ । गलवान उपत्यकामा चिनियाँ सैनिकसँग हिंस्रक भिडन्त भएपछि भारतीयहरूमा चिनियाँप्रतिको आक्रोश चरममा छ । 
 


Advertisement

भारतीयहरूले चिनियाँ कम्पनीका फोन र खेलौनाहरू फुटाएका छन् अनि ओप्पो र भिभो जस्ता ब्रान्डका स्टोरमा तोडफोड गरेका छन् । सरकारले ५९ वटा चिनियाँ यापमा प्रतिबन्ध लगाएको छ । 

यति हल्लाखल्ला हुँदा पनि चिनियाँ स्मार्टफोनको बिक्री भइरहेकै छ । वानप्लस ८ प्रो भारतमा जुन १८ मा सार्वजनिक गरिएको केही मिनेटभित्रै पूरै बिकेको थियो । 

भारतको स्मार्टफोन बजार चिनियाँ ब्रान्डविना कल्पना गर्न नसकिने विज्ञहरू बताउँछन् । 

भारत आफैंले स्मार्टफोन बनाएर बेच्न सकेको छैन । उसले ल्याएको लाभा फोन प्रतिस्पर्धामा टिक्नै सकेन । 
 

गैरचिनियाँ स्मार्टफोनमध्ये सामसङको थोरबहुत बजार भारतमा छ । 
 

आईफोन पनि भारतमा अलिअलि बिक्छ तर महंगो हुनाले धेरैले त्यसमा पहुँच नै पाउँदैनन् । देशमा फोन किन्नेमध्ये दुईतिहाइले भारु १५ हजारभन्दा मुनिका फोन किन्ने गरेका छन् र चिनियाँ ब्रान्डको त्यसमा कब्जा छ । 
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्