×

NMB BANK
NIC ASIA

कोरोना परीक्षणको शुल्क अनलाइन भुक्तानी गर्दा थप २ सय छुट

साउन २३, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

सरकारले तोकेभन्दा कम शुल्कमा कोभिड–१९ को आरटी–पिसिआर परीक्षण गर्दै आएको ‘बिध ल्याब’ले कोरोना परीक्षण गर्दा लाग्ने खर्च अनलाइबाट भुक्तानी गर्न सकिने व्यवस्था गरेको छ ।

Muktinath Bank

कोभिड परीक्षणको शुल्क अनलाइनबाट भुक्तानी गर्दा थप २०० छुट पाइने बिध ल्याबले जनाएको छ । कोरोनाबाट जोगिनका लागि भौतिक दूरी नै उत्तम उपाय देखिएका सन्दर्भमा सेवाग्राहीले शुल्क बुझाउनका लागि भौतिक उपस्थित हुनु नपर्ने व्यवस्थाले सम्भावित जोखिम न्यूनीकरणमा सघाउ पुग्ने ल्याबका सञ्चालक विके भण्डारीले जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

डिजिटल भुक्तानी सेवा प्रदायक ‘इ–सेवा’ वा ‘खल्ती’ मध्ये कुनै पनि मध्यामबाट आरटी–पिसिआर परीक्षणको शुल्क भुक्तानी गर्न सकिने छ । ‘अहिलेको जटिलतालाई मध्यनजर गरेर हामीले अनलाइनबाटै शुल्क भुक्तानी गर्न सकिने गरी व्यवस्था गरेका हौँ,’ उनले भने, ‘यसका लागि इ–सेवा र खल्तीसँग सहकार्य गरिएको छ । जसबाट परीक्षण शुल्क भुत्तानी गर्दा सेवाग्राहीले थप २०० क्यासव्याक पाउनेछन ।’


Advertisment
Nabil box
Kumari

नगद कारोवारबाट समेत कोरोना भाइरस फैलनसक्ने जोखिम रहेकाले अनलाइन भुक्तानी प्रणाली अपनाइएको भण्डारीको भनाइ छ । नगद कारोवार गर्दा कोरोना भाइरस सर्ने सम्भावना उच्च रहेको विभिन्न अध्ययनले पुष्टि गरेका छन् ।

Vianet communication
Laxmi Bank

शुल्क लिएर कोरोना परीक्षण गर्न सरकारबाट अनुमति पाएको बिध ल्याबले सरकारले तोकेभन्दा कम शुल्कमा नै आरटी–पिसिआर परीक्षण गर्दै आएको छ । ल्याबले प्रतिनमूना रु चार हजारमा कोरोना परीक्षण गर्दै आएको छ ।

अनलाइनबाट शुल्क भुक्तानी गर्दा सेवाग्राहीले प्रतिनमूना रु तीन हजार ८०० मात्र तिरे पुग्छ । सरकारीसहित केही निजी प्रयोगशालाले प्रतिनमूना रु पाँच हजार ५०० शुल्क लिएर कोरोना परीक्षण गर्दै आएको छन् । सो ल्याबले परीक्षणको नतिजा पनि छिटोछरितोरुपमा उपलब्ध गराइरहेको छ ।

‘परीक्षण गरेको चार घण्टामा नै हामी नतिजा उपलब्ध गराउँछौँ,’ सञ्चालक भण्डारीले भने । उक्त ल्याबले एक दिनमा चार हजार २०० नमूना परीक्षण गर्ने सक्ने बताइएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x