भारतमा १ सय ८४ यात्रु बोकेको विमान दुर्घटना, हताहती नभएको दाबी [भिडियोसहित]

भारतको केरल राज्यको कोझिकोटमा एयर इन्डिया एक्सप्रेसको एक विमान दुर्घटनामा परेको छ ।

अवतरण गर्ने क्रममा विमानको चक्का चिप्लिएपछि विमान ३० फीट गहीरो खाल्डोमा खसेको हो ।


Advertisement

भारतीय समाचार एजेन्सी एएनआईले विमान दुर्घटना भएको तर त्यसमा आगो नलागेको जनाएको छ ।

विमानमा १० नवजात शिशु, ६ क्रु मेम्बरसमेत १ सय ८४ जना यात्रु छन् ।


Advertisement

स्थानीय समयअनुसार शुक्रवार साँझ करीब ७ बजेर ४५ मिनेटमा उक्त दुर्घटना भएको हो ।

दुबईबाट आएको उक्त जहाज अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लिएको थियो । अहिलेसम्म दुर्घटनाबाट कसैको हताहती भएको समाचारमा उल्लेख छैन ।

 

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्