२७ जेठ २०८३, बुधबार

कैदी महिलाको उपचारकै क्रममा मृत्यु

कात्तिक २०, २०७४
कैदी महिलाको उपचारकै क्रममा मृत्यु

सुरुङ्गा, २० वैशाख– जिल्ला कारागार झापामा कैद भुक्तान गरिरहेकी एक कैदी महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धरमपुर–४ निवासी २० वर्षीया सरु तामाङ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

अपहरण तथा शरीरबन्धक मुद्दामा २०७१ फागुन १८ गतेदेखि उनी कारगारमा रहेकी थिइन् । उनलाई जिल्ला अदालत झापाले आठ वर्षको कैद फैसला गरेको थियो । सोहीबमाजिम उनले कारागारमा कैद भुक्तान गरिरहेको प्रहरीले जनाएको छ ।

पाठेघरसम्बन्धी समस्या देखिएपछि उनलाई उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल पु¥याइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक हरि शर्माले बताए । उनका अनुसार तामाङको उपचारकै क्रममा हिजो मङ्गलबार अस्पतालमा नै मृत्यु भएको थियोे ।

salt training

कमेन्ट गर्नुहोस्