कात्तिक २४, २०८०
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
आफ्नो उत्पत्तिदेखि आजसम्म मान्छेले अकल्पनीय दुःख र अनेक उतारचढाव पार गरेको छ । संसारमा अस्तित्वमा रहेका अनेक जीवहरूमध्ये मानिस सर्वाधिक चेतनशील जीव हो ।
प्राणी जगतमा मानिस हरेक क्षेत्रमा अग्रणी छ, विवेकशील छ र आफ्नो मौलिक सभ्यताको समेत विकास गरेको छ । अन्य कुनै प्राणीको निजी स्थायी परिवार एवं उन्नत र विकसित सभ्यता छैन ।
आदिकालमा मानिस र पशुमा धेरै समानताहरू थिए । यायावरको रुपमा चारैदिशा भौतारिने मान्छे पशुको आक्रमणमा पर्थे र ज्यान गुमाउँथे । मानव सभ्यताको लामो कालखण्ड यसैगरी बित्यो । मुस्किलले यस कालखण्डमा ढुंगाका हतियारहरू बने ।
पाषाण जंगली युग, ढुंगे युग हुँदै कविला तन्त्र शुरू भयो । नदी किनारामा अवस्थित कविला राज्यका मानिसहरूबीच आवासीय क्षेत्र, शिकार क्षेत्र लगायत विषयमा घनघोर द्वन्द्व चल्थ्यो । आपस्तको हिंस्रक द्वन्द्वमा धेरै मानिसहरू मारिन्थे । जतिसुकै दुःख माने पनि उनीहरू मानिसको मृत्युलाई सहज रुपमा लिन अभ्यस्त भइसकेका थिए । आपस्तमा लड्नु भौतिक आवश्यकताको जगेर्नाका लागि र मारिनु नियतिको रुपमा सर्वस्वीकार्य भइसकेको थियो । वृद्ध र कमजोर मानिसहरू अनाहकमा मारिन्थे । कविला युगको कविला तन्त्रमा एकै कविलाभित्र समेत घोषित/अघोषित नियम तोडिँदा मुखिया पदको चयनमा आन्तरिक असमझदारी उत्पन्न भई ठूल्ठूला झगडाहरू मच्चिन्थे ।
द्वेष, ईष्या र व्यक्तिगत अहम्का कारण धेरै कविलाहरूमा ठूलो आन्तरिक विनाश निम्तिन्थ्यो । मन पराएको पुरुष वा स्त्रीको नाममा समेत झगडा हुन्थे । हाडनाता र अन्य नातागोताको कुनै आचारसंहिता थिएन । बुवाआमा, छोराछोरी ,दाजुभाइ र दिदीबहिनीको आपसी सम्बन्ध पशुसरह थियो । बलियो व्यक्तिको मनमौजी राज चल्दथ्यो ।
यस्तो परिपाटी हजारौं वर्ष चल्यो । मुखियाहरू एकप्रकारले आधुनिक राजा जस्तै तत्काल उपलब्ध सुविधाको अधिकतम उपभोग गर्दै विलासी जीवन बिताउँथे । तथापि आफ्नो कविलाको सुरक्षाको लागि ज्यानसम्म दिन पछि पर्दैन्थे । निजी सुरक्षाको लागि पिठ्यूँ फर्काएर भाग्दैन्थे ।
यही कविलातन्त्रको विकसित र आधुनिक रूप नै सामन्तवादी राजतन्त्र हो । यो कतै लोकप्रिय र कतै निरंकुश चरित्रको थियो । यद्यपि त्यसका अवशेषहरू आजपर्यन्त छन् । जनइच्छा बमोजिम चल्न मञ्जुर राजसंस्थाले अस्तित्व बचाएका छन् । शक्ति, ऐश्वर्य र वैशिष्ट्यताको अभिमान देखाउनेहरू सभ्यताको कहालीलाग्दो गर्तमा बिलाएका छन् । यसका निम्ति मानव सभ्यताको विकास क्रमले धेरै लामो समय व्यतीत गरेको छ ।
पौराणिक ग्रन्थहरूमा वर्णित समृद्ध सभ्यतासम्म आइपुग्न लाखौं वर्षहरू गुजार्नुपरेको छ । अर्बाैं पुर्खाहरूको कुर्बानीको जगमा आधुनिक मान्छेको अभिर्भाव भएको छ । आदि मानवदेखि आजको सभ्य मानव जातिसम्मको इतिहास रच्न अकल्पनीय पीडा झेल्नुपरेको छ । अहिलेको सभ्यताको गजुर तिनै प्रातःस्मरणीय पुर्खाहरूको आँशु, हाँसो, त्याग र भौतिक हाडखोरको जगमा उभिएको छ । यो निकै भावुकतापूर्ण र कठोर समेत छ । हामीले भोगिरहेको सहज जीवनको पृष्ठभूमि निकै कारुणिक र असहज छ ।
विकास क्रमकै एउटा अंग हो समाज । परिवारको बृहत् रूप र राज्यको एकाई । यिनै समाजहरूले नै जाति, नश्ल, संस्कृति र धर्मको संरक्षण तथा विकास गरेका हुन् । यदि समाजको उद्भव हुँदैनथ्यो भने अहिलेको आधुनिक समाजको विविधता, विशिष्टता र मौलिकताको निरन्तरता सम्भव नै थिएन । धर्मको उदय नभएको भए नैतिकता, दया, करुणा र परोपकार जस्ता कुराले मानव जीवनमा स्थान नै पाउने थिएन र धर्म मानव सभ्यताको अमूल्य सम्पदा पनि हुने थिएन ।
साँच्चै क्रान्तिकारी भएर सबै एकछत्र बनाउँछु भन्ने नारा पनि नलागेका होइनन् समय–समयमा तर ती सबै पानीका अक्षर साबित भए । आफ्नो प्राणको बाजी राखेर हुर्काएको सभ्यता, संस्कृति र पहिचानलाई मेटाउन खोज्ने आत्मविनासक तत्वलाई सभ्यता आफैंले बेतोड जवाफ दियो । यसको जग हो परिवार । यो व्यक्तिको शक्तिको स्रोत हो र सम्पत्तिमाथि निजी स्वामित्वको कारक । यसको अर्थ विवाह नामक संस्था र सम्पत्तिको स्वामित्व परिवारसँगै जोडिएका अभिन्न तत्व हुन् । विवाहको उत्पत्ति नहुँदासम्म नारी पुरुषको सम्बन्ध पशुवत र चरम वेश्यावृत्तिपूर्ण थियो । यो नारी र पुरुष दुवैको हकमा प्रचलित थियो । मानव सभ्यताको शक्ति र विकासको स्रोत समाज हो र विकासको अघिल्लो चरणको भरपर्दो धरातल पनि हो । जहाँ टेकेर मानव सभ्यता आजपर्यन्त निरन्तर अघि बढेको छ ।
समाजले मानिसको उत्तरदायित्वको क्षेत्रलाई फराकिलो बनाउँछ । परिवारले हरेक व्यक्तिमा कर्तव्यको सिर्जना गर्दछ । अलिकति अन्तस्करण खुलेको र जीवनको तात्पर्य थाहा पाएको व्यक्ति परिवारको दायरा नाघेर बाहिर निस्कन्छ । आफ्ना निजी मामलामा थोरै उदासिन बन्छ र सामाजिक स्वार्थ र उत्तरदायित्वको भारी बोक्न तयार हुन्छ । उसको मन र आँखा परिवार सँगसँगै समाजतिर पनि उत्तिकै चनाखो एवं केन्द्रित रहन्छ । औसत बुद्धिको मान्छेले त्यसो गर्न सक्दैन र समाजमा त्यस्ता मान्छे छ्याप्छ्याप्ती पाँइदैनन् पनि । पशु र मानिसमा धेरै फरक छ भन्ने चेतना र होश भएको मान्छे नै वास्तविक रुपमा सामाजिक उत्तरदायित्वबोध भएको मान्छे हो । मानिसले कर्तव्य र उत्तरदायित्वको बोध गरेरै समाजको गठन गरेको हो । अन्य प्राणीहरूको पनि समाज हुन्छ तर उत्तरदायित्वको भावना हुँदैन । सन्तानोत्पादनको न्यूनतम कर्तव्यबाहेक सामाजिक कर्तव्यको त कुरै छाडौं । त्यसैले आजसम्म मानव समाजले हुर्काएका, जोगाएका र पुस्ता दर पुस्ता हस्तान्तरण गर्दै आएका सम्पदाहरू नै मानव जातिका पहिचान हुन् । यो सबै मानिसको उन्नत चेतनाको प्रतिफल हो र यसको माध्यम मानव निर्मित समाज नै हो ।
समाज राष्ट्रको आधारभूत एकाई हो । अर्थात् समाजको बृहत् रुप नै राष्ट्र हो । परिवारको सीमा नाघेर समाजको उत्तरदायित्व लिएको व्यक्तिले समाजको सीमा समेत नाघ्न सक्छ । यसको मतलब उसले राष्ट्रिय उत्तरदायित्व निर्वाह गर्ने अग्रसरता लिन सक्छ तर यसका लागि गतिलो र भरपर्दो माध्यम चाहिन्छ । साँच्चै भन्ने हो भने राजनीति त्यही उपयुक्त माध्यम हो, जसको उद्देश्य मानव समाजको हित गर्ने र आउने पुस्तालाई थप सुविधा सम्पन्न सहज समाज हस्तान्तरण गर्ने हो । राज्यको उत्पत्तिसँगै राजनीतिक विचारधाराको समेत विकास हुँदै गयो । किनभने खास सैद्धान्तिक मूल्यमान्यता बेगर राज्य सञ्चालनको अभिभारा पूरा गर्नु कठिन कार्य थियो । तत्कालीन समाजका अगुवा र चेतनशील व्यक्तिले यस्ता सिद्धान्तको प्रतिपादन गरे । यही दौरानमा नै धर्मको समेत उत्पत्ति भयो । यो मानव निर्मित लोक सञ्चालनको पवित्र आचारसंहिता हो, सुझबुझ पूर्ण सामाजिक विज्ञान हो । यसको मार्गदर्शनले मानव समाजको धेरै कल्याण भएको छ ।
प्रकृतिको रहस्य नै ईश्वर हो । मानिस त्यसको एकछेउ पनि पुगेको छैन र ईश्वरीय अस्तित्वको खोजी निकै दुरुह विषय हो । सम्भवतः अनन्तकालसम्म यसमा खोज अनुसन्धान चलिरहने छ । मानव जातिले आफ्नो उर्बर चेतनाले आफ्नो पशु जुनि बदलेर सभ्य बनेसँगै संसारको रहस्य र ईश्वरको खोजी आरम्भ गरेको हो । यही खोजको शास्त्रले नै धर्मको अभ्युदय गराएको हो । धर्मको मार्गनिर्देश अनुरुप सदाचार र सद्वयवहारले समाजका सबै किसिमका हिंसा र तनावहरूलाई अन्त्य गरेर आध्यात्मिक साधनाद्वारा ईश्वरलाई बुझ्न सकिन्छ भन्ने मत विभिन्न सन्तहरूको छ ।
संसारमा धेरै समयसम्म राज्यहरू धर्मको अधिनमा वा प्रभावमा चले । राजनीति धर्मको शाखा जस्तो भयो । हुन त प्राचीन युगमा सनातन धर्मबाहेक अरु धर्मको उदय भएकै थिएन । समयक्रममा राजनीतिले आफ्नो अस्तित्व बोध गर्यो र दुनियाँमा यसको छुट्टै अस्तित्व स्थापित भयो । समाजको सबै क्षेत्रमा राजनीतिको बर्चस्व र सर्वोपरिता स्थापित भयो । राज्यको उत्पत्तिसँगै राजनीतिको पनि अभिर्भाव भए पनि यसको संस्थागत विकास हुन निकै समय लाग्यो । एक प्रकारले राज्यको उत्पत्ति आफैंमा राजनीति नै थियो । तथापि यसले पखेटा फिजाएर जगतभर बर्चस्व कायम गर्न भने लामो समयको अभ्यास पार गर्नुपर्यो ।
राजनीतिले नागरिक जीवनलाई सहज तुल्याउन सक्नुपर्छ । समाजमा उपलब्ध जीविकोपार्जनका सुविधा र विकल्पमा बृद्धि गर्न र नागरिक आवश्यकतालाई बुझ्न सक्नुपर्छ । राजनीति आवधिक रुपमा हुने निर्वाचनबाट गठन हुने सरकार र त्यसमा सहभागिता मात्र होइन । राजनीति सत्ताको चमकदमक मात्र होइन । सरकारले नागरिक जीवनलाई गुणात्मक बनाउन सक्छ कि सक्दैन ? त्यो राजनीति हो । ठूल्ठूला राजनीति शास्त्रको बहस या विभिन्न वाद र सिद्धान्तको विवाद मात्र राजनीति होइन । यस्तो राजनीतिको उपादेयता त्यतिबेला समाप्त हुन्छ, जब सत्ता वा सरकारले नागरिकलाई चित्तबुझ्दो सेवा र वस्तुको प्रवाह गर्दैन । यस प्रकारको राजनीति एउटी त्यस्ती आमा जस्तो हुन्छ, जो आफ्ना छोराछोरीको प्रशंसा मात्र गर्छे तर आवश्यक भोजनको व्यवस्था भने गर्दिनन् ।
कतिपय मानिसहरू राजनीतिलाई गहिरोसँग बुझ्दैनन् वा बुझ्न चाहँदैनन् । लाजमर्दो कुरा त के छ भने राजनीतिको तात्पर्य थाहा नै नपाई कतिपय मानिसहरू सत्ताको शिखरमा पुग्दछन् । यस्तै व्यक्तिहरूले राजनीतिको छवि बिगार्छन् र बिगारेका छन् ।
यसैकारण दुनियाँमा हिटलर पैदा हुन्छ र राजनीतिको नाममा फासिस्ट तानाशाही चलाएर ६० लाख निर्दोष मानिसको हत्या गर्दछ । स्टालिन जस्ता क्रूर शासक पैदा हुन्छन् र आफ्नो शासनकालमा २ करोड मानिसहरूको हत्या गर्छन् । सांस्कृतिक क्रान्तिको नाममा ७० लाख मानिस मारिन्छन् । मुसोलिनी, पोलपोट, चाउचेस्कु, सद्दाम हुसैन, कर्णेल गद्दाफी जस्ता राजनीतिक आवरणमा उदाएका खलपात्रहरूले राजनीतिको हदैसम्म बदनामी गर्दछन् । त्यसैले राजनीतिको भावना नबुझ्ने र बुझेर पनि अवसरलाई चरम दुरुपयोग गर्ने प्रवृत्ति संसारभर पाइन्छ । नेपाल पनि त्यसको अपवाद छैन ।
वर्तमान सरकारले राजनीतिलाई नै बदनामीको मार्गतर्फ धकेल्ने कसरतमा जुटेको देखिन्छ । नागरिकले दैनन्दिन झेल्नुपरेको दुःखको कहरप्रति उदासिन रहनु नै राजनीतिको हुर्मत लिनु हो । कविला तन्त्रको मुखियाले समेत आफ्ना सदस्यहरूको उचित रेखदेख गर्दथ्यो । नेपालको वर्तमान राजनीतिले कविला युगलाई समेत मात ख्वाएको छ ।
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...