×

NMB BANK
NIC ASIA

सङ्क्रमित परिवारका कम्तीमा दुई जनाको कोरोना परीक्षण

साउन २४, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

सुदूरपश्चिम प्रदेश सरकारले समुदायस्तरमा समेत कोरोना परीक्षणका लागि स्वाब सङ्कलन शुरू गरेको छ ।

Muktinath Bank

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा गुणराज अवस्थीले यहाँका नौवटै जिल्लाका स्वास्थ्य कार्यालयलाई समुदायस्तरमा कोरोना परीक्षणका लागि निर्देशन दिइएको बताए । 'कोरोना पोजेटिभ भएर होम क्वारेन्टिनमा बसेका सङ्क्रमितका घरका कम्तीमा दुई सदस्यको पनि कोरोना परीक्षण गर्न निर्देशन दिएका छौँ', उनले भने, 'सोहीअनुसार जनस्वास्थ्य कार्यालयले स्वाब सङ्कलन शुरू गरिसकेका छन् ।'


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शुक्रबार साँझसम्म सुदूरपश्चिमका नौवटै जिल्लामा गरी ४० हजार ५३७ को पिसिआर विधिबाट कोरोना परीक्षणका लागि स्वाब सङ्कलन गरिएको निर्देशनालयले जनाएको छ । जसमध्ये चार हजार ७६० जना कोरोना पोजेटिभ देखिएका छन् । 'यहाँ अहिलेसम्म समुदायस्तरसम्म कोरोना फैलिसकेको छैन ।' निर्देशक डा अवस्थीले भने, 'सङ्क्रमित अधिकांश बाहिरबाट आएर क्वारेन्टिनमा बसेका हुन् ।' सङ्क्रमित देखिएकामध्ये ७० प्रतिशत बिरामी निको भएर घर फर्किसकेको अवस्था रहेको छ ।


Advertisment
Nabil box
Kumari

हालसम्म सुदूरपश्चिममा तीन हजार ९३८ जना सङ्क्रमित कोरोना जितेर घर फर्किसकेको निर्देशनालयले जनाएको छ भने कोरोना सङ्क्रमणबाट कैलालीमा चार, बझाङ र बाजुरामा दुई/दुई र अछाममा एक गरी नौ जनाको मृत्यु भइसकेको छ । निर्देशक डा अवस्थीले समुदायमा पनि कोरोना परीक्षण गर्न निर्देशन दिएबमोजिम डोटी जिल्लामा समुदायका ४५० जनाको कोरोना परीक्षण भइसकेको बताए ।

Vianet communication
Laxmi Bank

'डोटीका बढी सङ्क्रमित स्थानीय तहमा समुदायका ४५० जनाको कोरोना परीक्षण गर्दा सबैको नेगेटिभ रिपोर्ट आएको छ ।' उनले भने, 'अन्य जिल्लामा पनि सङ्क्रमित व्यक्तिका घरका अन्य सदस्यको पनि परीक्षणको काम चलिरहेको छ ।' सुदूरपश्चिम प्रदेशमा हाल कैलालीको धनगढी, डडेल्धुरामा पिसिआर विधिबाट कोरोना परीक्षणको काम भइरहेको छ भने बैतडी जिल्लामा पनि परीक्षणको दायरा बढाउन प्रदेश सरकारले पिसिआर पु¥याएको छ ।

जिल्ला अस्पताल बैतडीले भने आगामी भदौ दोस्रो साताबाट परीक्षण शुरू गर्ने गरी मेशिन जडानको काम शुरू हुने जनाएको छ । त्यसैगरी कोभिड–१९ डडेल्धुराका सम्र्पक व्यक्ति हरिप्रसाद भट्टले  पालिकासित समन्वय गरेर समुदायस्तरमा परीक्षण गर्ने तयारी भइरहेको बताए । 'यहाँको प्रयोगशालाबाट अन्य पहाडी जिल्लाको समेत कोरोना परीक्षण भइरहेको छ ।' उनले भने, 'यहाँ दैनिक औसतमा १५० जनाको कोरोना परीक्षण हुँदैछ ।'

त्यस्तै कञ्चनपुरस्थित कोभिड–१९ का सम्र्पक व्यक्ति सिद्धराज भट्टले यहाँ परीक्षणका लागि सङ्कलन गरिएकामध्ये ५०० को रिपोर्ट आउँनै बाँकी रहेको बताए । 'समुदायस्तरमा पनि सम्भावित लक्षण देखिए र सङ्क्रमितको सम्र्पकमा आएकालाई प्राथमिकतामा राखेर परीक्षण गर्ने भन्ने निर्देशन छ ।' उनले भने, 'रिपोर्ट ढिलो आउँदा समस्या भइरहेको छ ।' भारतबाट आएर कञ्चनपुरका क्वारेन्टिनमा बसिरहेका २०२ जनाको स्वाब सङ्कलन बाँकी रहेको उनले बताए । 'भिटिएम पनि हामीसित थोरै सङ्ख्यामा छ', उनले भने, 'पालिकासित समन्वय गरेर स्वाब सङ्कलन भइरहेकै छ ।'

स्थानीय तहलाई अधिकार प्रत्यायोजन 

त्यसैगरी जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले कोरोना भाइरस जोखिम न्यूनीकरणका लागि बन्दाबन्दी वा निषेधाज्ञा गर्न सक्ने गरी स्थानीय तहलाई अधिकार प्रत्यायोजन  गरेको जनाएको छ ।

जिल्ला सङ्क्रमणको उच्च जोखिममा रहेकाले जुनसुकै बेला पनि अत्यावश्यक निर्णय गर्नुपर्ने भएको हुँदा आ–आफ्नो पालिकाभित्रको अवस्थालाई हेरेर सम्बन्धित पालिकाले समेत निर्णय गर्नसक्ने सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले जानकारी दिए । यसअघि मुलुकमै पहिलोपटक कञ्चनपुर प्रशासनले गत चैत ९ गते लकडाउन गरेको थियो ।

उनले गृहमन्त्रालयबाट जारी आदेशअनुसार कञ्चनपुर जिल्लामा समेत सवारी साधनमा शुक्रबारदेखि जोरबिजोर प्रणाली कार्यान्वयन गरिने बताए । शेरबहादुर सिंह,रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x