×

NMB BANK
NIC ASIA

तालीम केन्द्रका रुपमा प्रहरी महाविद्यालय

साउन २४, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाल प्रहरीमा तालीममार्फत दक्ष जनशक्ति तयार गर्ने दृष्टिकोणले महत्वपूर्ण निकाय मानिने प्रहरी युक्ति तालीम महाविद्यालय पछिल्लोपटक तालीम केन्द्रका रुपमा व्यवस्थित बन्दै गएको छ ।

Muktinath Bank

विसं २०६४ मा प्रहरी प्रधान कार्यालयमा सानो संरचनामा स्थापना भएको यस महाविद्यालय विसं २०७२ मा नवलपरासी ( बर्दघाट सुस्ता पश्चिम) सुनवल ११ जर्गाहमा प्रहरी युक्ति तालीम महाविद्यालयको रुपमा स्थानान्तरण भएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

युद्धकलासम्बन्धी तालीम केन्द्रको रुपमा विकास गर्दै लगिएको यस महाविद्यालयले यसअगावै गुरुयोजना तयार गरी महाविद्यालयमा आवश्यकताअनुसार जस्तोसुकै तालीम सञ्चालन गर्न सक्ने गरी कार्य योजनाअनुसार तालीम केन्द्रको रुपमा रहँदै आएको छ ।


Advertisment
Nabil box
Kumari

कूल ७४ बिघा क्षेत्रफलमा रहेको महाविद्यालयमा नेपाल प्रहरीको महत्वपूर्ण विविध १२ विधामा आवश्यकताअनुसार प्रहरी जवानदेखि प्रहरी अधिकृतसम्मलाई तालीम दिने एकमात्र तालीम केन्द्रको रुपमा रहँदै आएको छ । महाविद्यालयले तालीम केन्द्रको रुपमा नेपाल प्रहरीमा दक्ष जनशक्ति तयार गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको महाविद्यालयका प्राचार्य एवं वरिष्ठ प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवर बताउनुहुन्छ । न्यूनतम १८ दिनदेखि अधिकतम तीन महिनाको समयावधिसम्म महाविद्यालयमा विविध विधाको तालीम सञ्चालन हुने गर्दछ । 

Vianet communication
Laxmi Bank

महाविद्यालयमा प्रहरी विशेष कला कारवाही (कमाण्डो), हतियार ह्याण्डलिङ, विष्फोटक पदार्थ, फायरिङ रेन्ज तालीम, नक्सा अध्ययन, विशिष्ट व्यक्तिको सुरक्षा, अङ्गरक्षक सुरक्षा, भीड नियन्त्रण, प्रहरी निरीक्षक आधारभूत,  प्रहरी जवान आधारभूत, प्रहरी युक्ति कारवाही चरण, प्रहरी सहायक निरीक्षक आधारभूत, प्रहरी युक्ति तथा कारवाही रिफ्रेसरसहित विविध १२ विधामा तालीम सञ्चालन हुने गर्दछ । 

स्थापना कालदेखि हालसम्म सो महाविद्यालयले प्रहरी निरीक्षक ४६४, प्रहरी नायब निरीक्षक १६, प्रहरी सहायक निरीक्षक एक हजार ४८३, प्रहरी हवल्दार २१९ र प्रहरी जवान तीन हजार ९२३ गरी कूल छ हजार १०५ प्रहरी कर्मचारीलाई विभिन्न विधाको तालीम दिइसकेको छ । महाविद्यालयमा अझै पनि सुविधा सम्पन्न आवश्यक भौतिक पूर्वाधार नभइसकेको अवस्था छ । यद्यपि गुरुयोजनाअनुसार प्रहरी सङ्गठन र तिनै तहका सरकारले गरेको निरन्तर सहयोगले आगामी तीन वर्षभित्र देशकै नमूना प्रहरी तालीम केन्द्र बनाउने योजना रहेको प्राचार्य कुँवर बताउँछन् । 

स्थानीयस्तरमा सहकार्य गरी सो महाविद्यालयले हाल महाविद्यालयको परिसरभित्र सर्पदंश उपचार केन्द्रसमेत स्थापना भएको छ । जहाँ सर्वसाधारणले सर्पदंशसहित अन्य सामान्य उपचार सेवा लिँदै आएका छन् । एक प्रहरी वरिष्ठ उपरीक्षक, प्रहरी उपरीक्षक एक, प्रहरी नायब उपरीक्षक चार र प्रहरी निरीक्षक छ सहित १२५ जनाको दरबन्दी रहेको महाविद्यालयमा हाल  विभिन्न पदका १८० जना कार्यरत छन् ।  
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x