×

NMB BANK
NIC ASIA

कोभिडले आन्दोलन रोकिँदैन, थरुहट क्षेत्रमा प्रवेश निषेध गर्छाैं : थरुहट मोर्चा

साउन २४, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

थरुहट थारुवान राष्ट्रिय मोर्चाले कोभिड–१९ कै बीच आन्दोलनका कार्यक्रमलाई सशक्त पार्ने चेतावनी दिएको छ ।

Muktinath Bank

साउन २५ गतेदेखि पछिल्लो चरणको आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको मोर्चाले कोभिडकै बीचमा आन्दोलनका कार्यक्रम गर्ने चेतावनी दिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शनिवार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मोर्चाका संयोजक लक्ष्मण थारुले भने, ‘कोभिडकै कारण कुनै कार्यक्रम अब रोक्दैनौं । न्यायको आन्दोलनमा कोभिड बाधक बन्दैन । हाम्रो न्यायिक आन्दोलनलाई नजरअन्दाज गरेको सरकारको लागि हामी कोठाभित्र बसिदिनुपर्ने ? अब हुँदैन । राज्यविरुद्ध असहयोग आन्दोलनलाई तीब्र पार्छौं ।’


Advertisment
Nabil box
Kumari

मोर्चाले टीकापुर घटनामा मुछिएर जेल जीवन भोगिरहेका सांसद रेशम चौधरीसहित ११ जनालाई रिहाइको माग गर्दै आन्दोलनको घोषणा गरेको छ । मोर्चाले ३ महिनाभित्र आफ्नो जेलबन्दीलाई रिहाइ नगरिए प्रधानमन्त्री केपी शर्मा ओली र बहालवाला मन्त्रीहरूलाई थरुहट क्षेत्रमा प्रवेश निषेध गर्नुको साथै सामाजिक बहिष्कार समेत गर्ने मोर्चाका संयोजक थारुले चेतावनी दिए ।

Vianet communication
Laxmi Bank

मोर्चाले आफ्नो पछिल्लो संघर्षको कार्यक्रम अन्तर्गत साउन २५ गते प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाउने भएको छ । भदौ २ गते मानवअधिकार तथा नागरिक अगुवासँग धनगढीमा बृहत् अन्तर्क्रिया गर्ने जनाएको छ । टीकापुर घटना भएको भदौ ७ गतेका दिनलाई टीकापुर थरुहट विद्रोह दिनको रुपमा स्मरण गर्दै देशव्यापी रुपमा विरोधसभा गर्ने भएको छ भने भदौ ८ गतेको दिनलाई टीकापुरमा भएको थारुहरूको घर, पसल, व्यावसायिक केन्द्र, सञ्चार गृहमा भएको आगजनी, तोडफोड, लुटपात भएको घटनालाई स्मरण गर्दै कालोदिनको रुपमा मनाउने जनाएको छ ।

संविधान जारीको असोज ३ गतेको दिन थरुहट मोर्चाले संविधानमा विभेदकारी व्यवस्था उल्लेख गरेको भन्दै त्यस्ता व्यवस्था उल्लेखित धाराहरू जलाउने चेतावनी समेत दिएको छ ।

थरुहट मोर्चाले १० जोड १ प्रदेश सहितको पहिचान सहितको संघीयता हुनुपर्ने माग राख्दै आएको छ । २०७२ भदौ ७ गते थरुहट आन्दोेलनकारी र प्रहरीबीच टीकापुरमा दोहोरो झडप हुँदा टीकापुर घटना घटेको हो । घटनामा १ नाबालकसहित ८ जनाको ज्यान गरेको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x