जानकारी पढ्दै बाँदरले खोल्यो सिल गरिएको थर्मस, भाइरल भयो भिडियो

 बाँदरको चलाखिपन देखिएको एक भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । 

भिडियोमा एक बाँदरले इन्स्ट्रक्सन फलो गरेर थर्मस खोलेको देखिन्छ ।  


Advertisement

द कोल्डेस्ट वाटर नामको कम्पनीको थर्मस बाँदरले खोलेको हो ।  

अमेरिकन ट्वीटर प्रयोगकर्ता आफ्नो ट्वीटर अकाउन्टमा भिडियो शेयर गरेका हुन् । 


Advertisement

जर्ज नामको एक बाँदरले सो कम्पनीले बनाएको थर्मसको बिर्को खोल्दछ । पुरै सिल गरिएको नयाँ थर्मस खोल्न उसले इन्स्ट्रक्स्नको फलो गर्छ ।  

सामाजिक सञ्जालमा अहिले यो भिडियो भाइरल भइरहेको छ । बाँदरको चलाखीपनको चर्चा भइरहेको छ  ।  

 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्