'कोरोना बढेको छ, सरकार सुतेको छ' भन्दै साझा पार्टीले गर्‍यो विरोध प्रदर्शन [१७ तस्वीरमा हेर्नुहोस्]

ललितपुरको पाटन दरबार स्क्वायरमा  फरक खालको विरोध प्रदर्शन भएको छ । साझा पार्टीले सरकारको गाईजात्रे विरोध गरेको हो । 

पाटन दरवार स्क्वायरमा गाईजात्रे विषेश विरोध प्रदर्शनमा सरकारको विभिन्न समयमा भएका घटनालाई गाईजात्रा शैलीमा विरोध प्रदर्शन भएको हो । 


Advertisement

आन्दोलनमा कञ्चनपुरकी १३ बर्षीया निर्मला पन्तको बलात्कारपछि भएको हत्या काण्डको विषयलाइ गाईजात्रे तरिकाले उठाइएको थियो ।

यस्तै एसिड आक्रमणकारी लाई कारवाहीको माग गर्दै एसिड आक्रमणको सांकेतिकरुपमा देखाएको थियो । भने खान नपाएर मृत्यु भएका मलर सदा, श्रीमतीको हत्या गरेर उन्मुक्ति पाएका रन्जन कोइरालाको विषय, ओम्नी काण्ड, न्यायालयमा भएको सेटिङ, ७० करोड घोटाला लगायतका विषयलाई उठाएका व्यङ्ग शैलीमा विरोध गरिएको थियो । 


Advertisement

'कोरोना बढेको छ, सरकार सुतेको छ’, ‘रोजगार खै ?’ कोरोनाको मारमा छु, क्वारेन्टाइन असुरक्षित ए हजुर, डनवाद, कृयाबाद, नाताबाद लगायतका प्लेकार्ड बोकेर साझा पार्टीका कार्यकर्ताहरूले मौन रुपमा गाईजात्रे विरोध गरेका थिए । 

 

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्