थप ३७८ जनामा कोरोना पुष्टि, ३ जना संक्रमितको मृत्यु

शनिवार नेपालमा थप ३७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

कोभिडको राष्ट्रिय अद्यावधिक विवरण सार्वजनिक गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले कूल संक्रमितको संख्या २२ हजार ५९२ पुगेको जानकारी दिए ।


Advertisement

कोरोनाबाट मृत्यु हुनेको संख्या ७३ पुगेको छ । पछिल्लो विवरण अनुसार मृत्यु हुनेको संख्या ३ जना थप भएको छ । गण्डक अस्पताल वीरगञ्जमा १ पुरुष, कोशी अस्पताल विराटनगरमा १ पुरुष र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुरमा १ महिलाको मृत्यु भएको प्रवक्ता गौतमले बताए । 

हालसम्म देखिएका संक्रमितमध्ये १६ हजार ३१३ जना आइसोलेसनबाट डिस्चार्ज भइसकेका प्रवक्ता गौतमले बताए । हाल देशभरका क्वारेन्टीनमा १० हजार ७९२ जना रहेका छन् ।


Advertisement

देशभर ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका जिल्लामा पर्सा, रौतहट, महोत्तरी र काठमाडौं रहेका छन् भने संक्रमितशून्य भएका जिल्ला खोटाङ, धनकुटा, संखुवासभा, मनाङ, मुस्ताङ, डोल्पा र हुम्ला रहेका गौतमले बताए ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्