×

NMB BANK
NIC ASIA

कोरोनाको त्रासले साप्ताहिक हाट बजार बन्द

साउन २४, २०७७

NTC
Sarbottam
फाइल फोटो।
Premier Steels
Marvel

समुदायस्तरमा कोरोना फैलिएसँगै झापाका स्थानीय तहहरुले साप्ताहिकरूपमा लाग्ने हाटबजार धमाधम बन्द गराउन थालेका छन्। 

Muktinath Bank

१५ स्थानीय तहमध्ये कनकाई, विर्तामोड, अर्जुनधारा र शिवसतासी नगरपालिकाले आफ्ना क्षेत्रमा लाग्ने विभिन्न शहरका सप्ताहिक हाटबजार बन्द गराएका हुन्। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कनकाई नगरपालिकाले आज विज्ञप्ति जारी गरेर भदौ ५ गतेसम्मलाई हाटबजार पूर्णरूपमा बन्द गराएको जनाएको छ।
 
कोरोना भाइरसको बढ्दो सङ्क्रमणबाट सतर्कता अपनाउन यस्तो निर्णय गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रुद्रप्रसाद न्यौपानेले बताए।


Advertisment
Nabil box
Kumari

शिवसतासी नगरपालिकाले नगर क्षेत्रमा लाग्ने आधा दर्जन बढी साप्ताहिक हाटबजार एक हप्ताअघिदेखि बन्द गराएको छ।

Vianet communication
Laxmi Bank

नगरले कोरोनाको सङ्क्रमण समुदायमा फैलिन नदिन बढी भीडभाड हुने हाटबजार तथा धार्मिक र पर्यटकीय स्थलहरु भदौ २ गतेसम्मका लागि बन्द गरेको नगर प्रमुख चन्द्र शेर्माले बताए।

त्यसैगरी विर्तामोड र अर्जुनधारा नगरपालिकाले समुदायस्तरमा कोरोनाको सङ्क्रमण बढेसँगै नगर नै बन्दाबन्दी गरेका छन्।

दुवै नगरले कोरोना सङ्क्रमितसँग सम्पर्कमा रहेका व्यक्तिको कन्टयाक्ट ट्रेसिङ गर्ने र वित्तीय संस्थाका कर्मचारी तथा व्यवसायीको समेत धमाधम स्वाब सङ्कलन गरिरहेका छन्। 

मेचीनगर नगरपालिका–१० का स्थानीयवासी १५ वर्षीय फुटबल खेलाडी कोरोना सङ्क्रमित भएको पुष्टि भएसँगै वडा नं १० र ९ मा नगरले लकडाउन घोषणा गरेको छ। 

दुईवटा वडामा गरिएको लकडाउनसँगै धुलाबारी बजारमा अर्धसप्ताहिकरूपमा लाग्दै आएको हाटबजार बन्द गरिएको नगर उपप्रमुख मीना उप्रेतीले बताइन्। 

पालिकाहरुले तोकेको मापदण्डविपरीत गएमा जो कोहीलाई सङ्क्रामक रोग ऐन २०२० अनुसार कारवाही हुने ती नगरपालिकाले जनाएका छन्। सो ऐनमा एक महिना कारागार वा रु १०० जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ। 

जिल्ला प्रशासन कार्यालय झापाका सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार राईले बजार अनुगमनलाई तीव्र बनाइने र भीडभाड भएको पाइएमा कानूनअनुसार कारवाही गरिने बताए।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–३ धयरेमा भएको सवारी दुर्घटनामा बाबुको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख २९४१ नम्बरको माइक्रोले विपरित दिशा...

मंसिर १६, २०८०

नेकपा एमालेको समृद्धिको लागि संकल्प यात्रा अछामको मंगलसेन पुगेको छ । झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राअन्तर्गत एमालेको टोली शनिवार मंगलसेन पुगेको हो ।

मंसिर ५, २०८०

​कोका–कोला इन्डियाले आईसीसी मेन्स क्रिकेट वर्ल्डकप २०२३ मा एक विशेष पहलको शुरूवात गरेको छ । कोका–कोलाले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)सँगको साझेदारीमा पूरै रिसाइकल गरिएको पेट बोतलहरू...

मंसिर १४, २०८०

नेपाली वायुयान कम्पनीहरूलाई युरोपेली आकाशमा उडान अनुमति दिन युरोपियन युनियन (ईयू) सकारात्मक देखिएको छ ।  ईयूले बुधवार नेपाल नागरिक उडान प्राधिकरण (क्यान)लाई एक पत्र लेख्दै क्यानको नेतृत्वले यही गतिमा ...

मंसिर १४, २०८०

स्किल सेवाले घर निर्माणसम्बन्धी निःशुल्क प्राविधिक परामर्श कार्यक्रम गर्दै आइरहेको छ । घरसम्बन्धी चुनौतीहरूको पहिचान र समाधान गर्न विगत पाँच वर्षदेखि सेवाले आफ्ना ३ शाखाहरूमार्फत काम गर्दै आइरहेको छ । सेवाले ...

पुस १६, २०८०

राज्यका सम्पूर्ण संरचनामा सुधारको घोषणा गरेको सरकारले आजदेखि मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा स...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x