नारायणकाजीको प्रस्ताव- स्थायी कमिटी सुचारु गरौं, महाधिवेशनको तयारी गर्ने गरी निकास निकालौं‪

सत्तासीन नेपाल कम्युनिस्ट पार्टी नेकपाका सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीभित्रको संकटको निकासका लागि स्थायी कमिटीको बैठक तुरुन्त सुचारु गर्नुपर्ने प्रस्ताव गरेका छन्।

नेकपा स्थायी कमिटी बैठक अनिश्चित बनेका बेला श्रेष्ठले शनिबार साँझ सामाजिक सञ्जाल फेसबुकमा ‘सबै बैठक (स्थायी कमिटी) मा उपस्थित भएर आ-आफना विचार राखी छलफल गरौं’ भनेका छन्।


Advertisement

उनले त्यसबीचमा आवश्यकता अनुसार शीर्षस्थ नेताबीचमा र सचिवालयमा गृहकार्य गर्नुपर्ने बताएका छन्।

‘बैठकले पार्टी एकताको रक्षा, यथास्थितिमा गुणात्मक परिवर्तन र केन्द्रीय कमिटीको निर्णय अनुसार महाधिवेशनको तयारी गर्ने गरी निकास निकालौँ,’ उनले भनेका छन्।


Advertisement

श्रेष्ठले यथास्थितिमा गुणात्मक परिवर्तन कुन रुपमा कसरी गर्ने भन्ने बारेमा अहंकार र पूर्वाग्रहबाट माथि उठेर छलफल गर्नुपर्ने बताएका छन्। ‘अतिवादबाट मुक्त हुँदै आजको आवश्यकतालाई सम्बोधन गर्ने गरी निष्कर्ष निकालौँ। पार्टी भित्रको बहस र अन्तर संघर्षलाई सत्याेन्मुख रुपान्तरणको साधन बनाऔं,’ उनले भनेका छन्, ‘व्यक्तिको हार र जीतको विषय होइन। पार्टी, कम्युनिष्ट आन्दोलन, देश र जनतालाई विजयी बनाऔं।’

व्यक्तिगत आरोप प्रत्यारोप वा गालीगलौजका रुपमा नभइ वैचारिक,‬ सैद्धान्तिक, राजनीतिक र प्रवृत्तिगत विषयमा छलफल गर्नुपर्ने उनले बताएका छन्।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्