२६ जेठ २०८३, मंगलबार

प्रधानमन्त्री प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार भन्छन्ः जेठको पहिलो साता देउवा प्रधानमन्त्री

कात्तिक २०, २०७४
प्रधानमन्त्री प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार भन्छन्ः जेठको पहिलो साता देउवा प्रधानमन्त्री

काठमाडौं, २० बैशाख- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनालले पहिलो चरणको निर्वाचन सम्पन्न भएलगत्तै सहमति अनुसार नै जेठको पहिलो साता काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने स्पष्ट पारेका छन् ।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षातकारमा बोल्दै सल्लाहकार खनालले स्थानीय तहको पहिलो चरणको निर्वाचनपछि पनि अहिलेकै काँग्रेस–माओवादी केन्द्रको वर्तमान गठबन्धन नै कायम रहने विश्वास दिलाए । उनले भने,‘जेठको पहिलो साता काँग्रेस सभापति देउवाजी प्रधानमन्त्री बन्नुहुन्छ, काँग्रेस र माओवादीवीच भएको भद्र सहमति तोडिँदैन् ।’ उनले विगतमा सत्ता समिकरणहरु भद्र सहमतिका कारण तोडिएका थुप्रै उदाहरण भएकोले अहिले त्यस्तो फोहोरी प्रवृत्ति नदाहोरिने स्पष्ट पारे ।

उनले प्रचण्ड–देउवावीचको वर्तमान गठबन्धन नतोडिने स्पष्ट पार्दै भने,‘हामीबीच भएको सहमति अनुसार स्थानीय तहको बैशाख ३१ गतेको पहिलो चरणको निर्वाचन लगत्तै देउवाजी प्रधानमन्त्री बन्नुहुन्छ, ढुक्क भएहुन्छ।’ उनले बजेट र अर्को चुनावको तालमेल कसरी मिलाउने भन्नेबारेमा गम्भिर छलफल भैरहेकोले सहमति अनुसार नै यसमा निर्णय लिईने बताए । खनालले जेठ १५ गते नै बजेट ल्याउनेगरि सरकारले गृहकार्य थालेको समेत जनाए ।

खनालले सरकारले परिमार्जनसहित संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्तावलाई पहिलो चरणको निर्वाचन सम्पन्न भएलगत्तै सहमतिमा नै पारित गराउन गृहकार्य गरिरहेकोले संशोधन प्रस्ताव पारित हुने विश्वास दिलाए । उनले भने,‘मधेशलाई पनि विश्वासमा लिएर जानुपर्छ, यो पहिलो चरणको निर्वाचन सम्पन्न भएपछि दुई वटा चुनावको मिति पनि चाँडै अब बन्ने सरकारले घोषणा गर्छ।’ उनले यही ०७४ माघ ७ गतेभित्रै तीन तहकै निर्वाचन गर्नुपर्ने भएकोले तोकिएकै मितिमा निर्वाचन सम्पन्न हुने दाबी गरे । उनले भने,‘अब संसदको म्याद थपिँदैन्, माघ ७ गतेभित्रै तीन तहकै निर्वाचन सम्पन्न हुन्छ।’

खनालले राप्रपाले सरकार छोड्नुमा पार्टीको आन्तरिक कारण भएको समेत जिकिर गरे । उनले भने,‘सामन्तवाद र राजतन्त्रका अवशेषहरुले राप्रपा फुटाउने भएपछि उहाँ पार्टी एकता जोगाउनको लागि सरकारबाट बाहिरिनुभएको भन्ने कुरा आएको छ, यो हो भने अत्यन्तै स्वागतयोग्य कुरा हो, फेरि पनि उहाँ सरकारमा सहभागी हुन सक्नुहुन्छ।’ उनले पार्टी एकता बलियो बनाएर पूनः काँग्रेस–माओवादी केन्द्रको गठबन्धनमा सहभागी भए कमल थापालाई आफूहरुले जहिलेपनि स्वागत नै गर्ने स्पष्ट पारे ।

salt training

कमेन्ट गर्नुहोस्