सरकारी चिकित्सक संघमा डा खड्का निर्वाचित

सरकारी चिकित्सक संघ नेपालका  अध्यक्षमा डा रवीन खड्का निर्वाचित भएका छन्। शनिबार सम्पन्न अनलाइनबाट भएको मतदानमा डा समाज गौतमलाई पराजित गर्दै उनी निर्वाचित भएकाे निर्वाचन समितिका संयोजक डा रुद्रप्रसाद मरासिनीले जानकारी दिए।

उनका अनुसार डा खड्काले ४८० तथा उहाँका प्रतिद्वन्द्वी डा गौतमले २३७ मत प्राप्त गरेका थिए ।


Advertisement

१५ सदस्यीय कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा डा विजय थापा, उपाध्यक्षमा डा सुशीलमोहन भट्टराई, महासचिवमा डा कीर्तिपाल सुवेदी, सचिवमा डा रोशनभगत चौरसिया र कोषाध्यक्षमा डा सुधा शाही निर्वाचित भएका छन्।

सदस्यमा डा अर्चना केसी, डा कपिल गौतम, डा कुशल खनाल, डा गौरव साह, डा प्रकाश भट्टराई, डा विजयकुमार मेहता, डा विजय गुरुङ, डा हेमा जोशी र डा सुसन भट्टराई निर्वाचित भएका हुन्।


Advertisement

शनिबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म भएको मतदानमा कूल ७६८ मध्ये ७२३ सहभागी हुनुभएको निर्वाचन समितिका संयोजक डा मरासिनीले जानकारी दिए।

कमेन्ट गर्नुहोस्