×

NMB BANK
NIC ASIA

संक्रमणबाट जोगिन बढाउनुस् रोगप्रतिरोधात्मक क्षमता, यी खानेकुरा काम लाग्छन्

साउन २५, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

कोरोनाभाइरस निको पार्ने औषधि वा खोप विकसित भइसकेको छैन । 

Muktinath Bank

अहिले भिटामिन सी सप्लिमेन्टहरू ठूलो संख्यामा बिकिरहेको भए पनि रुघाको रोकथाम गर्न यी प्रभावकारी छन् भन्ने विषयमा ठोस प्रमाण भेटिँदैन । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर कोरोनाविरुद्ध तपाईंले रोगप्रतिरोधात्मक क्षमता (इम्युन सिस्टम) बढाउनु चाहिँ जरूरी छ । 


Advertisment
Nabil box
Kumari

‘स्वस्थ रहनका लागि व्यायाम गर्नु सबभन्दा उपयुक्त उपाय हो,’ बर्मिंघम विश्वविद्यालयमा इम्युनिटी र वार्धक्यका विषयविज्ञ प्राध्यापक ज्यानेट लर्डले बताए । 

Vianet communication
Laxmi Bank

‘व्यायाम गर्दा त्यसको एन्टी–इन्फ्लेमेटोरी प्रभाव पर्छ र न्युट्रोफिल भनिने रोगप्रतिरोधात्मक कोशिकाहरू संक्रमण भएको ठाउँमा छिटो पुग्छन् । यसले म्याक्रोफेग्स भनिने अन्य इम्युन कोशिकालाई पनि सहायता गर्छ । तिनले शरीरलाई संक्रमणबाट रोक्न गश्ती गर्छन् ।’

रोगप्रतिरोधात्मक क्षमता बढाउने अर्को उपाय भनेको कम नून खाने हो । 

एक अध्ययनमा देखिएअनुसार, मुसाहरूलाई नूनिलो खानेकुरा खुवाउँदा ब्याक्टेरियाको संक्रमणको जोखिम बढ्यो । 

अनि मानिसहरूलाई दिनको ६ ग्राम नून दिइँदा ब्याक्टेरियासँग लड्ने उनीहरूको क्षमता ध्वस्त भयो । 

त्यसैगरी लकडाउनको बेलामा समय कटाउन यसो चुस्की लगाउन मन लाग्दो हो । तर पाइयो भन्दैमा बेस्सरी रक्सी पिउँदा इम्युन सिस्टम ध्वस्त हुन्छ । त्यसैले ठिक्क मात्रामा मात्र रक्सी पिउनुहोला । 

हप्ताको १४ युनिटभन्दा बढी रक्सी नपिउनुहोला । त्यो भनेको पाँच गिलास वाइन हो । 

घाम ताप्दा भिटामिन डी भरपूर पाइन्छ । 

‘भिटामिन डीले इम्युन सिस्टममा राम्रो असर पार्छ,’ युनिभर्सिटी कलेज लन्डनमा इम्युनोलोजीका प्राध्यापक आर्ने अकबरले बताए । 

खानेकुराबाट पनि भिटामिन डी पाइन्छ तर घाम ताप्दा त्यसभन्दा निकै धेरै भिटामिन पाइन्छ ।

त्यसबाहेक शाकाहारी भोजन गर्दा पनि इम्युनिटी बढाउन सकिन्छ । जति धेरथरी खानेकुरा खायो, त्यति राम्रो हुन्छ । तरकारी, फलफूल, नटुक्र्याइएका अन्न, गेडागुडी र दाल अनि बियाँहरू खानुपर्छ । 

विभिन्न रंगका खानेकुरा खान सल्लाह दिइन्छ । जस्तो हरियो र कालो अंगुर । 

अनि जिंक खानेहरूमा संक्रमण दर नखानेमा भन्दा कम हुन्छ । जिंक रोगप्रतिरोधक क्षमताका लागि लाभदायक छ । 

जिंक चाहिँ दुग्ध पदार्थ र अन्नहरूमा पाइन्छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x