×

NMB BANK
NIC ASIA

कहिले आउँछ एसईई नतिजा ? कहिले खुल्छ विद्यालय ?

साउन २५, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणका कारण विगत चार महिनादेखि बन्द रहेका शैक्षिक संस्था खुलाउने प्रक्रियाका बारेमा फेरि अन्योल सिर्जना भएको छ ।

Muktinath Bank

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भाइरसको सङ्क्रमण न्यून भई विद्यालय सञ्चालन गर्न अनुकूल भएको स्थानमा समेत विद्यालय खोल्न स्थानीय तहलाई अनुमति दिन नसकिने स्थितिमा पुुगेको छ । मन्त्रालय पनि माथिल्लो तहसित निर्देशन एवं समन्वयको प्रतीक्षामा रहेपछि अन्योल बढेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मन्त्रालयका प्रवक्ता एवं सहसचिव दीपक शर्माले केही जिल्ला तथा स्थानीय तहमा सङ्क्रमणको अवस्था न्यून भए पनि विद्यालय सञ्चालन गर्न मन्त्रालयले अनुमति दिन नसकिने बताए। उनले स्थानीय तहबाट यस खालको प्रस्तावसमेत आएको छैन भनी स्पष्ट पारे ।


Advertisment
Nabil box
Kumari

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गरेका केही निर्णय उल्टिएपछि अब विद्यालय सञ्चालनको निर्णय गर्न माथिल्लो निकायको आदेश कुर्ने कि भन्ने हिसाबले मन्त्रालयका सम्बन्धित अधिकारी छलफलमा जुटेका छन् । यसअघि मन्त्रालयले गत चैत ४ गते स्वास्थ्य सुरक्षामा ध्यान दिँदै माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालन गर्ने निर्णय गरेको थियो ।

Vianet communication
Laxmi Bank

चैत ५ गते बसेको कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिले परीक्षा रोक्ने निर्णय गरेपछि परीक्षा सञ्चालन हुन सकेन ।

विगतको समीक्षासमेत गरी सङ्क्रमणका कारण विद्यालय बन्द गर्ने निर्णय पनि सोही उच्च स्तरीय समितिले नै गरेकाले आफूहरूले अब विद्यालय खोल्ने निर्णय गर्दा आफैँ निर्णय गर्ने या माथिल्लो तहको आदेश कुर्ने भन्नेमा स्पष्ट हुन नसकिएको उहाँको भनाइ छ । यो अवस्थामा मन्त्रालयले मात्रै निर्णय गर्दा समस्या आउन सक्ने देखिएको उनले बताए । अर्कोतर्फ हाल उच्च स्तरीय समिति निष्क्रिय अवस्थामा छ ।

विश्वविद्यालयको हकमा भने विश्वविद्यालय अनुदान आयोगले कार्यविधि बनाएर उच्च शैक्षिक संस्थालाई स्वायत्त अधिकार प्रदान गरिएपछि सहज अवस्था सिर्जना भएको छ ।

एसईई नतिजा पर सर्दै
यसैबीच परीक्षा प्रकाशन गर्न अभिलेखीकरणको सबै काम पूरा गरिए पनि राष्ट्रिय परीक्षा बोर्डले तत्काल परीक्षाफल प्रकाशित नगर्ने भएको छ ।

परीक्षा नियन्त्रक रामराज खकुरेलले कोरोना भाइरसको सङ्क्रमण फेरि बढेका कारण केही दिन नतिजा प्रकाशन नगर्ने अवस्था सिर्जना भयो भने । बोर्डका अध्यक्ष डा. चन्द्रमणि पौडेलले परीक्षाफल प्रकाशन गर्न आवश्यक सबै तयारी पूरा भएको छ तर नतिजा आउन केही दिन अनुकूल अवस्था छैन भन्ने जानकारी दिए ।

प्याब्सनका अध्यक्ष टीका पुरीले यो बेला विद्यालयमा अभिभावक तथा विद्यार्थीको भीडभाड बढ्न सक्ने भएकाले केही दिन नतिजा प्रकाशनमा ढिलाइ गर्नु नै राम्रो हुने बताए ।

शुल्क समायोजन गरिँदै
यसैबीच राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक कक्षा ११ को परीक्षा बिना नै विद्यार्थीको नतिजा प्रकाशन गर्ने अवस्था आएपछि त्यसबापत विद्यार्थीबाट लिइएको परीक्षा शुल्क फिर्ता गर्ने निर्णय गरेको छ । विद्यार्थीबाट लिइएको छ सय रुपियाँ मध्येबाट चार सय रुपियाँ फिर्ता गर्ने निर्णय बोर्डले गरेको छ ।

दुई सय रुपियाँ भने बोर्डले परीक्षाको तयारी प्रकाशन लगायतमा खर्च गर्नेछ । बोर्डले फिर्ता गरेको रकम भने सीधै विद्यालयमा नपठाइ कक्षा १२ मा विद्यार्थीको परीक्षा फाराम भर्दा मिलाउने गरी समायोजन गरिनेछ ।  गोरखापत्र दैनिकमा शेषकान्त पण्डितले खबर लेखेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x