×

NMB BANK
NIC ASIA

हिजो दिनभर : राम जन्मभूमि माडी नै हो–प्रधानमन्त्री, कोरोनाबाट हालसम्म ७३ जनाको मृत्यु

साउन २५, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

माडीका जनप्रतिनिधिलाई प्रधानमन्त्रीको निर्देशन- अयोध्यापूरीमा राममन्दिर बनाउनू
प्रधानमन्त्री केपी शर्मा ओलीले चितवनको माडीस्थित् अयोध्यापूरीमा राममन्दिर बनाउन निर्देशन दिएका छन्।

Muktinath Bank

शनिबार आफूलाई भेट्न बालुवाटार पुगेका माडीका जनप्रतिनिधिसँग ओलीले  भगवान रामको वास्तविक जन्मभूमि माडीको अयोध्यापूरी रहेको दोहोर्‍याएका थिए।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ओलीले यसअघि पनि भगवान रामको वास्तविक जन्मभूमि नेपालमा रहेको बताएका थिए।
माडी नगरपालिकाका मेयर ठाकुरप्रसाद ढकालसहित स्थानीय जनप्रतिनिधिलाई ओलीले भव्य मेलाको तयारी गर्न निर्देशन दिएका छन्।


Advertisment
Nabil box
Kumari

माडी नगरपालिकाका उपमयेर ताराकुमारी काजी महतोका अनुसार प्रधानमन्त्रीले अयोध्यापुरीमा राम, लक्ष्मण, सीता र हनुमानको मूर्तिसमेत राखी आगामी रामनवमी भव्यताका साथ मनाउने बताएका छन्। ऐतिहासिक तथ्य र प्रमाणका आधारमा राम जन्मभूमि माडीको अयोध्यापुरीमै भएको हो भन्दै प्रधानमन्त्रीले मन्दिर निर्माणलगायत काममा सरकारका तर्फबाट पनि सहयोग उपलब्ध हुने बताएको महतोले उल्लेख गरिन्।
ओलीले माडी नगरपालिकाको नाम नै परिवर्तन गरेर अयोध्यापुरी बनाउन पनि भनेका छन्। त्यसका लागि सहमति जुटाउनुपर्ने उनकाे भनाइ थियाे।

Vianet communication
Laxmi Bank

जनप्रतिनिधिको टोली चितवन राष्ट्रिय निकुञ्जको कुसुम खोला छउमा चेपाङ बस्तीमा गरिएको आगजनीको विषय लिएर प्रमकहाँ पुगेका थिए।

नारायणकाजीको प्रस्ताव- स्थायी कमिटी सुचारु गरौं, महाधिवेशनको तयारी गर्ने गरी निकास निकालौं‪
सत्तासीन नेपाल कम्युनिस्ट पार्टी नेकपाका सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीभित्रको संकटको निकासका लागि स्थायी कमिटीको बैठक तुरुन्त सुचारु गर्नुपर्ने प्रस्ताव गरेका छन्।

नेकपा स्थायी कमिटी बैठक अनिश्चित बनेका बेला श्रेष्ठले शनिबार साँझ सामाजिक सञ्जाल फेसबुकमा ‘सबै बैठक (स्थायी कमिटी) मा उपस्थित भएर आ-आफना विचार राखी छलफल गरौं’ भनेका छन्।

उनले त्यसबीचमा आवश्यकता अनुसार शीर्षस्थ नेताबीचमा र सचिवालयमा गृहकार्य गर्नुपर्ने बताएका छन्।

‘बैठकले पार्टी एकताको रक्षा, यथास्थितिमा गुणात्मक परिवर्तन र केन्द्रीय कमिटीको निर्णय अनुसार महाधिवेशनको तयारी गर्ने गरी निकास निकालौँ,’ उनले भनेका छन्।

श्रेष्ठले यथास्थितिमा गुणात्मक परिवर्तन कुन रुपमा कसरी गर्ने भन्ने बारेमा अहंकार र पूर्वाग्रहबाट माथि उठेर छलफल गर्नुपर्ने बताएका छन्। ‘अतिवादबाट मुक्त हुँदै आजको आवश्यकतालाई सम्बोधन गर्ने गरी निष्कर्ष निकालौँ। पार्टी भित्रको बहस र अन्तर संघर्षलाई सत्याेन्मुख रुपान्तरणको साधन बनाऔं,’ उनले भनेका छन्, ‘व्यक्तिको हार र जीतको विषय होइन। पार्टी, कम्युनिष्ट आन्दोलन, देश र जनतालाई विजयी बनाऔं।’

व्यक्तिगत आरोप प्रत्यारोप वा गालीगलौजका रुपमा नभइ वैचारिक,‬ सैद्धान्तिक, राजनीतिक र प्रवृत्तिगत विषयमा छलफल गर्नुपर्ने उनले बताएका छन्।

विद्युत प्राधिकरणका उपप्रबन्धक एक कराेड २४ लाख बराबरका चेकसहित अख्तियारकाे फन्दामा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषास्थित नेपाल विद्युत प्राधिकरण, ढल्केबर ग्रीड शाखाका कार्यालय प्रमुख उपप्रबन्धक  रितेश गुप्तालाई एक करोड २२ लाख बराबरको हस्ताक्षरित चेकसहित पक्राृ गरेको छ।

अख्तियारले गुप्तालाई शंकास्पद रुपमा १ करोड २४ लाख ९१ हजार १ सय ४५ रुपैयाँ २० पैसा बराबरको हस्ताक्षर भैसकेका कार्यालयका चेकसहित सिन्धुलीबाट पक्राउ गरेको जनाएको छ। 

अख्तियारका प्रवक्ता तारानाथ अधिकारीका अनुसार स्वीकृत भै नसकेका  चेकसँग सम्बन्धित कागजातसमेत लिएर काठमाडौं जाने क्रममा उनी पक्राउ परेका हुन्।

गुप्ताले भुक्तानीका लागि आवश्यक पर्ने कागजात स्वीकृत नहुँदै कार्यालय अन्तर्गत सञ्चालित विभिन्न योजनाहरुको भुक्तानी (पार्टी पेमेन्ट) दिन भनी पहिले नै चेक काटी ती चेक लिएर काठमाडौं गएको भनेर अख्तियारलाई सूचना पुगेपछि पक्राउ गरिएको उनले जनाए।

थप ३७८ जनामा कोरोना पुष्टि, ३ जना संक्रमितको मृत्यु
शनिवार नेपालमा थप ३७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

कोभिडको राष्ट्रिय अद्यावधिक विवरण सार्वजनिक गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले कूल संक्रमितको संख्या २२ हजार ५९२ पुगेको जानकारी दिए ।

कोरोनाबाट मृत्यु हुनेको संख्या ७३ पुगेको छ । पछिल्लो विवरण अनुसार मृत्यु हुनेको संख्या ३ जना थप भएको छ । गण्डक अस्पताल वीरगञ्जमा १ पुरुष, कोशी अस्पताल विराटनगरमा १ पुरुष र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुरमा १ महिलाको मृत्यु भएको प्रवक्ता गौतमले बताए । 

हालसम्म देखिएका संक्रमितमध्ये १६ हजार ३१३ जना आइसोलेसनबाट डिस्चार्ज भइसकेका प्रवक्ता गौतमले बताए । हाल देशभरका क्वारेन्टीनमा १० हजार ७९२ जना रहेका छन् ।

देशभर ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका जिल्लामा पर्सा, रौतहट, महोत्तरी र काठमाडौं रहेका छन् भने संक्रमित शून्य भएका जिल्ला खोटाङ, धनकुटा, संखुवासभा, मनाङ, मुस्ताङ, डोल्पा र हुम्ला रहेका गौतमले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x