×

NMB BANK
NIC ASIA

घट्यो अपार्टमेन्टको कारोबार

साउन २५, २०७७

NTC
Sarbottam
तस्वीर सौजन्य : कान्तिपुर दैनिक
Premier Steels
Marvel

पछिल्लो समय अपार्टमेन्टहरूको कारोबार घट्दै गएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागको आर्थिक वर्ष ०७४/७५, ०७५/७६ र ०७६/७७ को तथ्यांकअनुसार अपार्टमेन्टहरूको कारोबार घटेको पाइएको हो ।

Sagarmatha Cement
Muktinath Bank

आव ०७४/७५ मा ७ सय ७२ वटा अपार्टमेन्टको कारोबार भएको थियो । आव ०७५/७६ मा २ सय ३८ ले घटेर ५ सय ३४ वटा अपार्टमेन्टको मात्र कारोबार भयो । आव ०७६/७७ मा ५ सय ५० अपार्टमेन्टहरूको कारोबार भएको विभागको तथ्यांक छ । यो संख्या आव ०७५/७६ भन्दा १६ ले बढी भए पनि आव ०७४/७५ को तुलनामा २ सय २२ वटाले कम हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नयाँ बन्न नसकेको र पुरानो स्टकका अपार्टमेन्ट ९८ प्रतिशत बिक्री भइसकेकाले कारोबार घटेको देखिएको नेपाल जग्गा तथा आवास विकास संघका अध्यक्ष मीनमान श्रेष्ठले बताए । ‘१/२ वटा कम्पनीहरूको बाहेक पुरानो अपार्टमेन्ट स्टकमा छैन । हामीसँग उपत्यकाभित्र ६४ वटा अपार्टमेन्ट थिए,’ उनले भने, ‘यी अपार्टमेन्ट भूकम्पपछि मर्मतसम्भार गर्न डेढ/दुई लाग्यो । अहिले नयाँ अपार्टमेन्ट बन्न सकेका छैनन् ।’


Advertisment
Nabil box
Kumari

०७२ सालको भूकम्पपछि सहरी विकास तथा भवन निर्माण विभागले भवनहरू बनाउँदा बाई लज (पिरामिड शैलीमा बनाइने घर) नियम लागू गरेकाले नयाँ अपार्टमेन्टहरू नबनेको उनको भनाइ छ । ‘५ तलाभन्दा बढी तला बनाउनेबित्तिकै हरेक तलामा बनाउँदा भवनको वरिपरि एक–एक मिटर छाड्नुपर्छ । ५ तलाका लागि पूरै जग्गामा ५ मिटर छोड्नुपर्‍यो,’ उनले भने, ‘छैटौं तलाबाट चारै तिर एक मिटर छोड्नुपर्छ । यसरी जग्गा नै नरहने गरी नियम लगाइएकाले समस्या भएको हो ।’ पिरामिड शैलीमा अपार्टमेन्ट जाँदा उपयुक्त नहुने उनले बताए ।

Vianet communication
Laxmi Bank

कसरी अपार्टमेन्टको व्यवस्थापन गर्ने भनेर सहरी विकास ऐन–०७४ सुरु भएको सहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक चक्रवती कण्ठले बताए । ‘यो ऐन विस्तृत रूपमा आउन सकेन । यसमा केही कमजोरी छन्,’ उनले भने, ‘व्यवस्थापनको बाटोमा हामीलाई समस्या भएको हो । भूकम्पपछिको अवस्थामा भवन निर्माणमा अलिक शिथिलता देखिएको छ ।’

अपार्टमेन्टको कारोबार संख्यासँगै यसको मूल्य र राजस्वसमेत घटेको विभागको तथ्यांक छ । आव ०७४/७५ मा ५ अर्ब ९९ करोड ४२ लाख ४ हजार रुपैयाँबराबरका अपार्टमेन्टको कारोबार भएको थियो । आव ०७५/७६ मा घटेर ४ अर्ब ९२ करोड ५० हजार रुपैयाँबराबरको कारोबार भएको तथ्यांकले देखाउँछ । आव ०७६/७७ मा ४ अर्ब १७ करोड ५७ लाख ९५ हजार रुपैयाँबराबरको अपार्टमेन्टहरूको कारोबार भएको छ । आव ०७४/७५, ०७५/७६ र ०७६/७७ मा विभागले क्रमशः २३ करोड ९० लाख ३८ हजार रुपैयाँ, १८ करोड २३ लाख ६ हजार रुपैयाँ र १५ करोड ९० लाख ३६ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

लकडाउनको चार महिनामध्ये चैत र असारमा मात्र अपार्टमेन्टहरूको कारोबार भएको छ । चैतमा ८ करोड ८३ लाख ८८ हजार रुपैयाँबराबरको १५ वटा र असारमा ६७ करोड ६ लाख ४१ हजार रुपैयाँ बराबरको १ सय १३ वटा अपार्टमेन्टहरूको कारोबार भएको विभागले जानाएको छ । लकडाउन भएसँगै वैशाख र जेठमा भने अपार्टमेन्टको कारोबार शून्य भएको विभागको तथ्यांक छ । विभागले अपार्टमेन्टहरूको कारोबारबाट चैतमा ३१ लाख ९९ हजार रुपैयाँ र असारमा २ करोड ५३ लाख १८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

नेपाल जग्गा तथा आवास विकास संघका अध्यक्ष श्रेष्ठले अपार्टमेन्टको कारोबारमध्ये ९९ प्रतिशत उपत्यकाभित्र हुने जानकारी दिए । उपत्यकाबाहिर वीरगन्ज, पोखरालगायत सहरमा कारोबार हुने उनको भनाइ छ । कान्तिपुर दैनिकमा नुमा थाम्सुहाङले खबर लेखेकी छन्  ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x