×

NMB BANK
NIC ASIA

पाकिस्तानले भारतको जुनागढलाई आफ्नो नयाँ नक्सामा पार्नुको कारण

साउन २५, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

अघिल्लो साता मंगलवार पाकिस्तानका प्रधानमन्त्री इमरान खानले देशको नयाँ राजनीतिक नक्सा जारी गरेपछि भारतले कडा प्रतिक्रिया जनाएको छ । 

Muktinath Bank

नयाँ नक्सामा जम्मु कश्मीर तथा लद्दाखलाई पाकिस्तानी भूभागका रूपमा दाबी दोहोर्‍याइएको छ । तर आश्चर्यको कुरा चाहिँ भारतको गुजरातमा पर्ने जुनागढ र सर क्रीकमा समेत पाकिस्तानले दाबी गरेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सर क्रीक गुजरात र पाकिस्तानको सिन्ध प्रान्तको सीमा हो । यसका विषयमा दुई देशबीच विवाद चलिआएको छ र सुरक्षाबलहरू भिड्ने गरेका छन् । गुजरातको तटीय क्षेत्रमा रहेको जुनागढमा पाकिस्तानको दाबीले चाहिँ इतिहासको एक रमाइलो पक्षको सम्झना गराएको छ । 


Advertisment
Nabil box
Kumari

बेलायती साम्राज्य भारतबाट हट्दै गर्दा ५०० भन्दा बढी राजारजौटाहरूलाई कि भारतमा कि पाकिस्तानमा गाभिन कि स्वतन्त्र रहन छुट दिइएको थियो । हुन त आधिकारिक अभिलेख पाइँदैन तर तत्कालीन भाइसरोय लुइस माउन्टबेटनले राजारजौटाहरूलाई भौगोलिक रूपमा अनुकूल हुने हिसाबमा भारत वा पाकिस्तानमा गाभिन भनेका थिए । 

Vianet communication
Laxmi Bank

भारत विभाजनको बेलामा एक राज्यका रूपमा रहेको जुनागढमा मुहम्मद महावत खान बाबी तेस्राले राज गरिरहेका थिए । उनी विलासी जीवन बिताउँथे र पशुहरू, विशेषगरी कुकुरहरू, प्रति प्रेम दर्शाउँथे । 
 

बाबीको खोरमा लगभग २ हजारवटा कुकुर रहेको मानिन्छ र उनी ती कुकुरहरूको जन्मदिनको पार्टी भव्य रूपमा मनाउँथे । उनले एसियाली सिंहको संरक्षणका लागि गिरलाई संरक्षित वन बनाउन चाहेको पनि बुझिन्छ । अहिले पनि गिर एसियाली सिंहको सबभन्दा ठूलो वासस्थान हो । 
 

बाबीले गाईवस्तु पालन, विशेषगरी गिर गाई, को विकासमा पनि लगानी गरेका थिए र कठियावाडी घोडाको प्रवर्द्धन समेत गरेका थिए । 
 

बाबी बाहेक जुनागढमा राम्रै प्रभाव भएका व्यक्ति थिए शाहनवाज भुट्टो । उनी जुनागढका प्रधानमन्त्री थिए र उनको थर पाकिस्तानको राजनीतिमा अहिलेसम्म पनि प्रभावशाली छ । 
 

बाबीले सन् १९४७ को सेप्टेम्बर महिनामा पाकिस्तानमा गाभिने निर्णय लिए । आफ्नो राज्य पाकिस्तानसँग समुद्रमार्फत जोडिएको उनको भनाइ थियो । शाहनवाज भुट्टोले व्यक्तिगत रूपमा पाकिस्तानका पहिलो शासक मोहम्मद अली जिन्नालाई गाभिने विषयको कागज हस्तान्तरण गरेको बताइन्छ । 

सन् १९४७ को अक्टोबर महिनामा बाबी र भुट्टो पाकिस्तान गए तर जुनागढमा समस्या देखिन थाले । उक्त राज्यमा रहेका बहुसंख्यक हिन्दूले नवाबको निर्णयको विरोध गरे । अनि भारतीय सैनिक र जुनागढका सैनिकबीच सानतिना लडाइँ भए ।
 

जुनागढका दुई संरक्षित राज्य मंगरोल र बाबरीयावाड त्यतिखेरसम्म भारतमा मिसिएका थिए । तर जुनागढको अर्को संरक्षित राज्य बन्तवा मानवदारले पाकिस्तानसँग मिसिने निर्णय लिएपछि मामिला जटिल बन्दै गयो ।

विभिन्न विवरणहरू रहेको भए पनि भुट्टोले स्थानीय रूपमा गठन गरिएको प्रशासनले जुनागढलाई नियन्त्रणमा लिने आग्रह गर्दै व्यवस्था कायम गर्न आह्वान गरेको बताइन्छ । त्यसपछि भारतले सन् १९४७ को नाभेम्बर महिनामा जुनागढमाथि नियन्त्रण कायम गरेको थियो । 

सन् १९४८ को फेब्रुअरी महिनामा जुनागढ र बन्तवा मानवदारमा जनमतसंग्रह गर्दा जनताले भारतमा गाभिनका लागि प्रचण्ड बहुमत दिए । त्यसको केही दिनपछि यी दुई राज्य भारतमा गाभिए । 
 

जुनागढको राजपरिवार अहिले पाकिस्तानको कराँचीमा बस्ने गर्छ । उनीहरू विवाहमार्फत भारतसँग जोडिएका छन् र भोपालमा भएका परिवारसँग उनीहरूको सम्बन्ध छ । 

पाकिस्तानले आफूमा गाभिनुपर्ने राज्य भारतले गाभेकोमा आपत्ति जनाउँदै अहिले आएर नयाँ राजनीतिक नक्सामा जुनागढलाई पारेको हो । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x